गुल्मी सेवा समाज कतारले गुल्मी अग्लुंगका पहिरो पिडितलाई ४०,१५० रुपैया आर्थिक सहयोग गरेको छ ।

सिमलटारी फ्रेन्ड्स क्लवको आयोजनामा सिमलटारीको मालिका उच्च मा.वि.मा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा सो आर्थिक रकम पीडितका परिवारलाई हस्तारन्तरण गरिएको थियो ।

गुल्मी सेवा समाज कतारका सह–सचिव केशव कंडेल,सदस्य नारायण के.सी., ज्ञानेन्द्र घिमिरे, अविरल अजित लगायतको उपस्थितिमा उक्त रकम पिडित परिवारका दुई दाजुभाइलाई हस्तान्तरण गर्नु भएको थियो ।

गुल्मी सेवा समाज कतारले संचालन गरेको राहत सङ्कलन अभियान र हिन्दुहरुको दोश्रो महान पर्व शुभ दिपावलीको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट सङ्कलन भएको उक्त रकम अग्लुङका पहिरो पीडितलाई पठाईएको हो ।

फेसबुक कमेन्ट