अमेरिकाको मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीको सर्किट अदालतले अमेरिकाको डिसीमा १९८३ मा दर्ता भएको नेपालीहरुको छाता संगठन द एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को निर्वाचन आउँदो डिसेम्बर २४ तारिखमा गर्ने भएको छ।


एएनएको निर्वाचन सम्पन्न गराउन अदालतबाट नियुक्त भएका ट्रस्टी डेनिएल ए लाप्लासाले निर्वाचन सम्बन्धी छापा विज्ञप्तिमार्फत संस्थाका सदस्य तथा संचार माध्यमलाई विस्तृत रुपमा जानकारी गराएका छन्। नेपालीहरुको विवाद समाधान गर्न मुलुक बाहिर अदालतको पहलमा चुनाब गराई दिन लागेको यो विश्वमै पहिलो घटना हो।

जस अनुसार डिसेम्बर ५ तारिख भित्र सदस्यहरुको प्रमाणीकरण गर्ने समय निर्धारण गरिएको छ भने डिसेम्बर ९ तारिखमा प्रस्तावित सदस्य सुची प्रकाशन गर्ने उल्लेख छ।

यसै गरि बिधान अनुसार उम्मेदवार हुन् चाहना राख्नेले डिसेम्बर १५ सम्म मनोनयन भर्नु पर्ने जानकारी सहित डिसेम्बर २४ देखि डिसेम्बर ३१ तारिख सम्म बिधुतिय प्रणाली बाट निर्वाचन गरिने जानकारी दिएका छन् l

फेसबुक कमेन्ट