Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

१५ एसएसपी डीआइजीमा बढुवा सिफारिस: पहिलो सर्वेन्द्र, दोस्रो रमेश

१५ एसएसपी डीआइजीमा बढुवा सिफारिस: पहिलो सर्वेन्द्र, दोस्रो रमेश

काठमाडौँ- गृह मन्त्रालयले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी) लार्इ प्रहरी नायव महानिरीक्षक (डिआर्इजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

११ जना डिआर्इजीलार्इ एआर्इजीमा बढुवा सिफारिस गरेकै दिन गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआर्इजी) बढुवामा सिफारिस गरेको हो ।

डिआर्इजी बढुवाको १५ जनाको सूचीमा पहिलो नम्बरमा सर्वेन्द्र खनाल रहनुभएको छ । त्यसैगरी उहाँपछि दोश्रो नम्बरमा एसएसपी रमेश खरेल सिफारिस हुनुभएको छ । तेस्रो नम्बरमा तेस्रोमा अर्का एसएपसपी पुष्कर कार्की सिफारिस हुनुभएको छ भने चौथोमा उत्तम कार्की पर्नुभएको छ ।

त्यसैगरी बढुवा सिफारिसको पाँचौ नम्बरमा एसएपी भोगबहादुर थापा, छैटौँमा पुष्कल रेग्मी पर्नुभएको छ भने सतौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौँमा मनोज न्यौपाने, दसौँमा ज्ञानविक्रम शाह पर्नु भएको छ । त्यसैगरी एघारौँमा ठूले राई, बाह्रौँमा शरद चन्द, तेह्रौँ धिरु बस्न्यात, चौधौँमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौँमा सुरेशविक्रम शाह पर्नुभएको छ।

Nepal-Police-15072017074651-1000x0

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook