Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

११ वर्षे बालिका गर्भवती भएपछि गाउँ निकाला

११ वर्षे बालिका गर्भवती भएपछि गाउँ निकाला

भोजपुर– जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी–२० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाईफकाइ वालिकासँग शारीरिक सम्पर्क राखेपछि वालिका गर्भवती भएकी हुन् । गाउँनिकालापछि धरान पुगेकी बालिका साधना भने बिचल्लीमा परेकी छिन् । वालिकाको बुवा नेवार र आमा दलित समुदायको भएकोले केटा पक्षले दलितको छोरी नभित्राउने भन्दै धम्की दिएपछि वालिकालाई गाउँ निकाला गरिएको हो ।
बालिकालाई ७३ साल पौष ९ गते दुर्गाबहादुर श्रेष्ठले शारीरिक सम्बन्ध राखेका थिए । ‘छ महिनाको गर्भवती छोरीलाई डर र धम्कीको कारण गाउँनिकाला गर्नुप¥यो, बालिकाको बुवा खगेन्द्र श्रेष्ठले भने ।’ वालिकासंगै गएको केटाको अत्तोपत्तो छैन भने छोरी धरानमा अलपत्र पेरेकी छिन् । छोरीले कहिले कहाँ कहिले कहाँ पुगेर फोन गर्छे भोक भोकै छे रे ।’ वुवा खगेन्द्र श्रेष्ठले गहभरी आशु पार्दै भने ।

अन्तरजातीय विवाहका कारण यो समाजले मलाई पनि न्याय दिएन खगेन्द्रले भने, ‘केटा पक्षले डरधम्की दिँदै सम्पतिको धाक र धम्की दियो । हामीलाई डर लागिरहेको छ केटा पक्षले केही गर्लाकी भनेर’ वुवा खगेन्द्रको गुनासो छ । स्थानीय पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा–७ मा अध्ययनरत छोरी अहिले घर न घाटको भएपछि परिवार पीडामा डुबेको छ । उनले भने ‘गाउँ समाजले समाजबाट नै हटाउने कुरा गरे मैले केही बोल्न सकिन ।’
बालिकाको माइजु निलम घलेले बालिकालाई स्वास्थ्य परिक्षणका लागि लैजाँदा गर्भवती भएको पाइएको बताइन् । घलेले महिलाहरु समेत भएको भेलामा बालिकाको पक्षमा बोल्ने कोही नभएपछि केटाले बालिकालाई धरान लगेको बताइन् ।
प्रहरी चौकी याकुमा गएर सहयोग माग्दा समेत सहयोग नपाएको परिवारले बताएको छ । याकु प्रहरी चौकिका इन्चार्ज रमेश श्रेष्ठले भने केटीको बुवा आएर गाउँ समाज बसेर विहे गरिदिने निर्णय भए अनुसार विवाह गरिदिएको बताए ।
महिला विकास कार्यालय भोजपुरका पुष्पलता उप्रेतीले घटनाको विषयमा जानकारी पाएको र उनको परिवारलाई जिल्ला बोलाएको बताइन् । यस विषयमा बुझ्न केटा पक्षसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook