Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

हेर्दाहेर्दैमा रोकियो ‘आइजिपी विवाद’ बहस, सोमबार पुनः सुनुवाई

हेर्दाहेर्दैमा रोकियो ‘आइजिपी विवाद’ बहस, सोमबार पुनः सुनुवाई

काठमाडौँ – प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्नेबारेको मुद्दा आईतबार पनि टुंगोमा पुग्न सकेन । एक महिनादेखि सर्वोच्चमा विचाराधिन मुद्दामा सुनुवाई गर्न आइतबार बसेको पूर्ण इजलासले हेर्दाहेर्दै रोकिएको छ ।

प्रधान न्यायाधिश सुशीला कार्की, न्यायाधिशहरु ईश्वरचन्द्र खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा र हरिकृष्ण कार्कीको पूर्ण इजलाशसले समय अपुग भएको भन्दै हेर्दाहेर्दैमा रोकेको हो ।

आइजिपी विवादबारे सोमबार पुनः सुनुवाई हुने गरी आजको बहस स्थगित भएको अधिवक्ता कल्पित पराजुलीले जानकारी दिए ।

सरकारले गत फागुन १ गते डिआईजी जय बहादुर चन्दलाई आईजिपीमा नियुक्त गरेपछि अर्का प्रतिस्पर्धी डिआईजी नवराज सिलवाल आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए ।

आइतबार रिट निवेदक कपिलदेव ढकाल र नवराज सिलवाल पक्षका वकिलहरुले बहस गरेका थिए । चन्द पक्षका वकिलहरुले समय अभावका कारण बहस गर्न नपाएको बताइएको छ ।

सिलवाल पक्षका वकिलहरुले जय बहादुरलाई कुन आधारमा टेकेर प्रहरी महानिरीक्षकमा बढुवा गरियो भन्नेबारे प्रश्न उठाएका छन् । नवराज सिलवाल एक नम्बरको डिआईजी भएपनि मूल्यांकन हुने अधिकारबाट सरकारले बञ्चित गरेको सिलवाल पक्षका वकिलहरुले दावी गरेका छन् ।

प्रधान न्यायाधिशसँग रिसाए महान्यायाधिवक्ता
आईतबार बेन्च बस्नासाथ सर्वोच्चमा पुगेका महान्यायाधिवक्ता रमण श्रेष्ठ भने प्रधान न्यायाधिशसँग असन्तुष्टि ब्यक्त गरेर बाहिरिएका थिए । गत ३ गते सर्वोच्चले सरकारसँग मूल्यांकन फाईल मागेर पर्याप्त समय नदिएको उनले बताए ।

त्यस्तै यसअघि पटक–पटक आईजिपी विवादको मुद्दामा सुनुवाई गरेका न्यायाधिशहरुलाई नै पूर्ण इजलाशमा राखेका भन्दै बहस नगर्ने बताएर श्रेष्ठ बाहिरीएका थिए ।

गत फागुन ३ गते तीन दिनको टाईम दिएर जय बहादुरलाई केको आधारमा मुल्यांकन गरिएको थियो भन्नेबारेको फाइल मगाएको थियो । ‘मेरो भन्नु केही छैन’ भन्दै महान्यायाधिवक्ता निस्किएपछि सरकारी वकिलहरु आजको बहसमा सहभागी भएनन् ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook