Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

हवाई दुर्घटनाको समयमा कार्यरत ६ अधिकारीको सरुवा

हवाई दुर्घटनाको समयमा कार्यरत ६ अधिकारीको सरुवा

 

काठमाडौं– सोमबार यू.एस.–बङ्ला विमान दुर्घटनाको समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत ६ अधिकारीलाई अन्य विभागमा सरुवा गरिएको छ ।

“यो स्तरको दुर्घटना देखेका कर्मचारीमा पर्न जाने आघातलाई न्युनिकरण गर्न यसो गरिएको हो । यो आम प्रक्रिया हो । तिनले पनि ठूलो दुर्घटना देखे र तिनीहरुमा मानसित आघात परेको छ । त्यसैले तिनलाई अन्य विभागमा सरुवा गरिएको हो ।” नेपाल नागरिक उडयन प्राधिकरणका सहायक निर्देशक राजन पोखरेलले भने ।

कर्मचारी सरुवामा विमान दुर्घटना अघि एअर ट्राफिक कन्ट्रोल र पाइलटबीचको सम्बाद सार्बजनिक भएको घटनाको कुनै सम्बन्ध नभएको पोखरेलले स्पष्ट पारे ।

यु.एस.–बङ्लाको विमान दुर्घटना हुनु अघि यसका पाइलट र एयरपोर्टको एअर ट्राफिक कन्ट्रोलरबीच भएको सम्बादको अंश दुर्घटनाको केही पछि नै इन्टरनेटमा सार्वजनिक भएको थियो । सो अशंमा पाइलट र एअर ट्राफिक कन्ट्रोल कर्मचारीबीच विमान कहाँ अवतरण गराउने भन्ने बारेमा समन्वय नभएको जस्तो सुनिन्छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook