Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

सुस्त भयो एमाले-माओवादी एकता तयारी

सुस्त भयो एमाले-माओवादी एकता तयारी

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता तयारी सुस्ताएको छ । दुई दलका नेताबीच पार्टी एकताको विषयमा विगत नौ दिन देखि संवादसमेत भएको छैन । पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका नेता गम्भीर देखिएका छैनन् ।

प्रधानमन्त्रीको भारत भ्रमण अघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले नेताहरूको व्यवस्थापन, एकीकृत पार्टीका कमिटीमा कुन दलबाट कति जना रहने तथा चुनाव चिह्न र जनयुद्धको विषयमा विवाद हल गर्न नसकेपछि ९ वैशाखमा एकता गर्ने तयारी गरेका थिए । तर दुवै दलले त्यसयता आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको प्रतिवेदन मस्यौदा कार्यदल र माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा संयोजकत्वको सांगठनिक तथा विधान मस्यौदा कार्यदलले २० चैतमा पार्टी एकता संयोजन समितिको बैठकमा प्रतिवेदन पेस गरेका थिए ।

कार्यदलले प्रतिवेदन बुझाएसँगै २२ चैतमा पार्टी एकता संयोजन समितिको बैठक बसेको थियो । बैठकले प्रधानमन्त्रीको भारत भ्रमण लगत्तै बैठक बसेर विवादित विषय टुंग्याएर २२ अप्रिल लेनिन जयन्ती अर्थात ९ वैशाखमा पार्टी एकता घोषणा गर्ने समझदारी गरेका थिए । तर प्रधानमन्त्रीको भारत भ्रमणयता दुई दलबीच एकताका विषयमा संवाद समेत हुन सकेको छैन ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook