Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

सांसद शर्माद्वारा बेलायतमा निर्वाचन घोषणाको स्वागत

सांसद शर्माद्वारा बेलायतमा निर्वाचन घोषणाको स्वागत

 

17968259_1428204020533280_274316340_o

बेलायती सांसद वीरेन्द्र शर्मा

शिब भण्डारी
लन्डन– बेलायती सांसद वीरेन्द्र शर्माले प्रधानमन्त्री टेरेजा मेले घोषणा गरेको आम निर्वाचनको स्वागत गरेका छन् । प्रधानमन्त्री टेरेजाले जुन ८ तारिखका लागि चुनाव घोषणा गरेलगत्तै विज्ञप्ती जारी गर्दै सांसद शर्माले चुनावमार्फत विभाजित देश पुन: एक हुने मौका मिलेको बताएका छन् ।
सांसद शर्मा लेबर पार्टीका हुन् । सांसद शर्माले टोरी पोलिसी, एनएचएस, ब्रेक्जिट, रोजगार कानुनलगायतमा जनताको विमति रहेको उल्लेख गर्दै आगामी चुनावमा सच्चिने दाबी गरेका छन् । उनले लेबर पार्टीका नीतिहरु आगामी चुनावमा विजयी हुने जिकिर पनि गरेका छन् ।
आफूले इलिङ, साउथल लगायतका मतदातासँग साक्षात्कार गर्दा सरकारले लादेका कतिपय कानुनविरुद्ध उभिएको बताउँदै सांसद शर्माले आागामी चुनावमा  आफ्नो उमेदवारी दिने घोसणा समेत गरेका छन् ।
सांसद शर्मा नेपाली समूदायमा परिचित बेलायती राजनीतिज्ञ हुन् ।
उनको म्यासेज जस्ताको तेस्तै :
Thank you for all your messages of support. I am honoured to have served as the Member of Parliament for Ealing, Southall since 2007, and I am proud to announce that I will be seeking reelection on June 8th.

 

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook