Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

संगीत यात्रालाई निरन्तरता दिंदै दीपक

संगीत यात्रालाई निरन्तरता दिंदै दीपक

काठमाडौं– कुनै पनि चिजको महत्त्व त्यतिबेला हुन्छ, जतिबेला आफूसँग रहँदैन ।

स्वदेशमा रहँदासम्म नेपाली गीत संगीतप्रति खासै रुचि नराख्ने दीपक थापालाई अहिले संगीतको भूत चढेको छ । हाल नेपाल बाहिर रहेका थापाले निरन्तर सांगीतिक यात्रालाई अगाडि बढाएका छन् ।

थापाले एक वर्षमा डेढ दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन् । उनको रचनालाई नेपालका चर्चित गायक गायिकाहरुले स्वर दिएका छन् । रामचन्द्र काफ्ले, रामजी खाँड, मनकुमारी सुनारलगायतले उनको गीतमा स्वर दिएका छन् ।

दीपकले आगामी दिनमा संख्यात्मकभन्दा पनि गुणात्मक गीतमा आफ्ना दर्शक/स्रोताका लागि ल्याउने जानकारी दिए ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook