Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

वाटफ़ोर्ड नेपाली समाजले मनायो पाचौ वार्षिक उत्सब

वाटफ़ोर्ड नेपाली समाजले मनायो पाचौ वार्षिक उत्सब

लण्डन । नेपालको विभिन्न क्षेत्र बाट बेलायत आई वाटफ़ोर्डमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था वाड्फ़ोर्ड नेपाली समाजले आफ्नो पाँचौ वार्षिक साधारणसभा एबम समर भेटघाट कार्यक्रम गत शनिबार भब्य रुपमा सम्पन्न गरेको छ ।

समाजका अधक्ष्य मुकुन्द गुरुङको अद्क्ष्यतामा पानसमा दियो बालि सुरु गरिएको उक्त कार्यक्रममा संस्थाका बर्तमान उपादक्ष्य अमर गुरुंगले स्वागत मन्तब्यद्वारा उपस्थित सबैलाई स्वागत गरि कार्यक्रमको भब्य सफलताको कामना गर्नु भएको थियो । समाजका सबै क्षेत्रका बिसेष ब्यक्तित्वोहरु लगाएत वाड्फ़ोर्ड बासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम राजेन्द्र थापाले संचालन गर्नु भएको थियो ।
कार्यक्रमलाइ रमाइलो र भब्य बनाउन सामाजिक अभियन्ताहरु सुशील श्रेष्ठ र सुदर्शन रुवालीले भिभिन्न प्रकारका खेल तथा नाचगान को आयोजना गर्नु भएको थियो भने प्रथम तथा दितिय हुनेलाई आकर्षक पुरुस्कारको पनि व्यवस्था गरिएको थियो I उपस्थित जनासमुदाएको लागि हाजिर जवाफ प्रतियोगिताले थप उल्लास सिर्जना गर्नुको साथै उपस्थित सबै जनाले अतेन्त्य हर्सौल्लाश्को साथ उक्त कार्यक्रमा भाग लिएका थिए । लेख गुरुङ द्वारा संचालित डिजे बाट कार्यक्रममा थप रौनकता छाहेको थियो ।
वाड्फ़ोर्ड समाजका नेपालीहरु पनि दानी दाताहरुमा अरु भन्दा कम छैनन् भन्ने कुराको पुस्टि समाजका प्रिय व्यक्तित्व कपिल रिमाल तथा गोर्खा दर्बार द्वारा उक्त कार्यक्रमको लागि गरिएको इस्पोंसर बात छर्लंग भएको भन्दै उहाँहरुलाई बिसेष धन्यवाद प्रदान गरिएको थियो ।
वाद्फोर्ड अस्पतालमा कार्यरत सिनियर कन्सल्टेन्ट मोहन थापाले उक्त कार्यक्रम अति नै सभ्य र भब्य भएको बताउदै आउदा दिनहरुमा यस्ता कार्यक्रम नियेमित हुन सके नेपालीहरु बीच अजै राम्रो एकता, र नेपाल प्रतिको सम्मान बढ्ने विश्वास ब्यक्त गर्नु भएको छ । समाजको स्थापना गर्ने देखि अहिलेसम्म वात्फोर्डमा नेपालीहरुको एकता, कला संकृतिको जगेर्ना तथा नेपाली नेपाली बीच भाइचाराको सम्बन्ध स्थापना गर्न अहोरात्र खटिनु भएका संस्थापक सल्लाहाकार याम बहादुर गुरुङ द्वारा वात्फोर्ड नेपाली समाजलाई आउदा दिनहरुमा नया उचाइमा लानु पर्ने मा बिसेष जोड दिनु भएको थियो।
करिब १० बजे बेलुका सम्म चलेको उक्त कार्यक्रममा संस्थाका वर्तमान महासचिब बिष्णु पन्तले अहिले सम्मको संस्थाको कार्यक्रम र संस्थाले आगामी दिनमा खेल्नु पर्ने भूमिकाको बयान गर्दै आगामी अगस्त ११ तारिखको दिन नया कार्यासमित चयन गर्ने भएकोले इच्छुक सबै वाद्फोर्ड बसी नेपालीहरुलाई उप्सथितिको लागि पनि आवान गर्नु भएको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अधक्ष्य मुकुन्द गुरुङ ज्यु ले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने तथा कार्यक्रममा सहभागिता जनाउनुहुने सबै जनालाई बिसेष धन्यबाद दिदै आउदा दिनहरुमा पनि यस्ता कार्यक्रमको सफलताको लागि सबै जनाको सहयोगको लागि आवान गर्नु भएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook