Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

लन्डन विमानस्थलमा कलाकारलाई स्वागत ,हयारो फुटबल क्लवमा शुभकामना साँझ हुने

लन्डन विमानस्थलमा कलाकारलाई स्वागत ,हयारो फुटबल क्लवमा शुभकामना साँझ हुने
kalakar

लण्डन । सांगीतिक कार्यक्रमका लागि लन्डन आएका हास्य कलाकार दमन रुपाखेती र (पारवन राई)राई बुढो, गायिका विष्णु चेम्जोङ र कला राईलाई लन्डनमा स्वागत गरिएको छ ।

बेलायतका विभिन्न शहरमा नयां वर्ष २०७४ शुभकामना सांझका लागि हांस्यकलाकारद्वय दमन रुपाखेती र पारवन राई (राई बुढा) एवं गायिका कला राई बुधबार सांझ बेलायत आएका हुन् । सोही कार्यक्रमकै लागि गायिका विष्णु चेम्जोङ भने यसअघि नै बेलायत आइसकेकी छन् ।

बुधबार लन्डन उत्रिएका तीन कलाकारलाई स्वागत गर्न आयोजकहरु सुमन अधिकारी , उमेशराज मोक्तान एवं यती वरिष्ठ उपाध्यक्ष शशीधर नेपाल लगायत हिथ्रो विमानस्थल पुगेका थिए । हयारो फुटबल क्लवमा आगामी अप्रिल २३ तारिखमा आइतबार शुभकामना साँझ हुने आयोजक सुमन अधीकारी ,उमेशराज मोक्तानले जानकारी दिए ।

kalakar2

उक्त नयाँ बर्ष भेलामा हांस्यकलाकारद्वय दमन रुपाखेती र पारवन राई (राई बुढा) एवं गायिका कला राई ,विष्णु चेम्जोङको दमदार प्रस्तुती रहने जनाइएको छ। मौलिक नेपाली संस्कृति प्रस्तुति लगायतका मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक मोक्तानले बताए ।

कार्यक्रममा उपस्थित भै पूर्ण मनोरन्जन लिन तथा नयाँ बर्षको शुभकामना एक आपसमा साटासाट गर्न यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले वेलायतवासी नेपाली समूदायतलाई आब्हान गरेका छन् ।

पिस इन्टरटेनमेन्ट यूकेको निमन्त्रणामा चार कलाकार पहिलो पटक बेलायत आएका हुन् । हिथ्रोमा सञ्चारकर्मीसंग कुरा �गर्दै कलाकारहरुले आफूहरुको पहिलो बेलायत भ्रमण सफल पारिदिन आग्रह गरे । कार्यक्रम अवधिभर दर्शकलाई हंसाउने र गीतमा नचाउने उनीहरुको प्रण छ । शुभकामना सांझ २१ अप्रिलमा अल्डरसट, २२ अप्रिलमा आसफोर्ड केन्ट र २३ अप्रिल सांझ लन्डन साउथ हयारोमा हुने आयोजकले बताएका छन् ।

kalakar1

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook