Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

लण्डनमा नेपाली पोशाकले स्थान जमायो ,पुनम क्षेत्री

लण्डनमा नेपाली पोशाकले स्थान जमायो ,पुनम क्षेत्री

लन्डन । लन्डन फुलहामस्थित चेल्सी फुटबल क्लब स्टेडियमको एउटा प्रेक्षालय सप्ताहन्त अलिक भिन्न माहोलमा डुब्यो । त्यहां फुटबल होइन, एउटा अन्तर्राष्ट्रियको फेसन शोले दर्शक 
रोमाञ्चित बने ।
अझ रोचक त उक्त ‘एसएम ग्लोवल क्याटवाक फेसन रिभोलुसन लन्डन’ मा नेपाली पोशाकले स्थान जमायो । न्यूयोर्कबाट आएको समूहले विभिन्न देशका डिजाइनरका पोशाक प्रदर्शन गर्दा नेपाली पुनम क्षेत्री गौतम केन्द्रमा रहिन् । स्टेज उत्रेर उनले नेपालीमै 
मन्तव्य राख्दै आफ्नो देश र पोशाकको चिनारी दिइन् ।


उक्त शोमा विदेशी मोडलहरुले नेपाली पोशाक लगाएर क्याटवाक गरेका थिए । महिला १२ र पुरुषको १२ वटा डिजाइन सामेल थिए शोमा । पुरुषहरुले ब्राम्हण क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे देखि राष्ट्र निर्माता पृथ्वी नारायण शाह सम्मको ड्रेसमा क्याटवाक गर्दा माहोल पृथक अनि 
रोमाञ्चक देखिन्थ्यो । महिला मोडलहरुले पनि नेवार, थारु, राउटे आदि जातीको ‘फ्यूजन ड्रेस’ प्रस्तुत गर्दा धेरैको ध्यान आकृष्ट गरेको थियो । अरु डिजाइनरले महिलाको मात्र पाएपनि पुनमले महिला पुरुष दुवै सिक्वेन्स पाएकी थिइन् ।
‘लुगा बेच्ने होइन, विभिन्न देशमा गएर नेपाल र नेपाली 
राष्ट्रियता झल्काउने मेरो मुख्य उद्देश्य हो’, नेपालबाट आएकी एक्ली डिजाइनर पुनमले भनिन्, ‘नेपालीले नेपाली समुदायभित्र होइन, विदेशीमाझ विदेशी मोडलबाटै देखाउंदा हाम्रो कल्चरल ड्रेसको महत्व अझ बढ्छ भन्ने मान्यता मेरो छ ।’

पुनम क्षेत्री गौतम
६ महिनाअघि न्यूयोर्कमा आयोजित वल्ड फेशन परेडमा समेत नेपाली राष्ट्रिय पोशाक प्रस्तुत गरेकी पुनम नेपाली फेशनलाई विश्वभर लैजाने अठोटमा छिन् । ‘अब छिट्टै अमेरिका गएर नेपाल शान्तिको देश भनेर चिनाउने खालका पोशाक प्रदर्शन गर्ने सोच छ’, उनले भनिन्, ‘फेशन अस्तित्व हो, यसले मानिस र देशको चिनारी पनि दिन्छ ।’
पुनम इन्टरटेन्मेन्टकी निर्देशक उनी फेब्रुअरीमा दुबइ जाने योजनामा छिन् । ‘म जहां जान्छु नेपाली पहिचान बोकेर जान्छु’, फिल्म निर्माता समेत रहेकी उनले बडो गर्व गर्दै सुनाइन् ।
नेपालमा करिब चार दर्जन कलाकार उतारेर सेलिब्रेटी रनवे गरिसकेकी पुनम फेशनले नग्नता पस्कन नहुनेमा सजग छिन् ।
फेशन शोमा पुनमसहित समिना मुगल, फुचिया, चार्ली ब्राजियर, केजिजे लन्च, स्टेला मारिस ह्याफेल जस्ता डिजाइनरका डिजाइन प्रस्तुत गरिएको थियो । इकान्तिपुर

तस्विरः शिव भण्डारी

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook