Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

रोयल पाण्डेलाई पोर्चुगलबाट १ लाख ५२ हजार सहयोग हस्तान्तरण

रोयल पाण्डेलाई पोर्चुगलबाट १ लाख ५२ हजार सहयोग हस्तान्तरण
royal

गुल्मी क्षेत्र नम्बर ३ का पूर्व सांसद श्री रुद्रमणि शर्मा भण्डारी मार्फत बालकका बुबा लक्ष्मण पाण्डेयलाई रकम हस्तान्तरण

पोर्चुगल,
कान्तिबाल अस्पताल काठ्माण्डौमा ब्लड क्यान्सरपीडित बालक रोयल पाण्डेयलाई सहयोग जुट्नेक्रम जारी कान्ति बाल अस्पतालमा ब्लड क्यान्सरको उपचार गराइ स्वास्थ्यमा क्रमिक सुधार देखिए पछि हाल घरमा आराम गरिरहेका गुल्मी धुर्कोट गाउपालीकाका ५ बर्षीय बालक रोयल पाण्डेयलाई पोर्चुगलबाट १३ सय ५५ युरो (करिब १ लाख ५२ हजार ६ सय ) सहयोग गरिएको छ ।
धुर्कोट घर भई हाल पोर्चुगलमा ब्यबसाय तथा समाजसेवा गर्दै आईरहेका तिलकराम पाण्डेय,राम प्रसाद पाण्डेय र युवराज पन्थिको बिशेष पहलमा उक्त रकम सकंलन गरिएको थियो । उक्त रकम जुटाउन सहयोग गर्नुहुने सम्पूर्ण तथा एनआरएनए पोर्चुगल प्रति आभारि रहेको पाण्डेयले लण्डन नेपाल न्युज मार्फत जानकारी गराउनु भयो ।
काठ्माण्डौमा एक बिशेष कार्यक्रम गरि नेपाली काँग्रेस गुल्मी क्षेत्र नम्बर ३ का पूर्व सांसद श्री रुद्रमणि शर्मा भण्डारी मार्फत बालकका बुबा लक्ष्मण पाण्डेयलाई रकम हस्तान्तरण गरिएको थियो। बालकका बुबा पाण्डेयले सबै सहयोगदाताहरूलाई धन्यवाद दिदै सहयोगदाता एवं शुभेच्छुकहरूको प्रार्थनाले छोराको स्वास्थ्यमा सुधार भइरहेको बताए ।

 

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook