Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज, काँग्रेसले उम्मेदवारी नदिने

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज, काँग्रेसले उम्मेदवारी नदिने

काठमाडौँ-  राष्ट्रिय सभाको अध्यक्ष पदका लागि सोमबार मनोनयन दर्ता हुँदैछ ।

बिहान १० देखि दिउँसो १ बजेसम्मको मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ । बाम गठबन्धनको सहमतिअनुसार एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने बताइएपनि एमालेले अहिले सम्म उम्मेदवारको नाम तय गरिसकेके छैन । उम्मेदवार छान्न एमालेले आज बिहान बैठक बोलाएको छ ।

यसैबीच राष्ट्रिय सभा अध्यक्षमा नेपाली काँग्रेसले उम्मेदवारी नदिने बताएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी नदिने बताए ।

एमालेले भने राष्ट्रिय सभाको अध्यक्षमा पर्शुराम मेघी गुरुङ र गणेश तिमल्सेनामध्ये एकलाई अघि सार्ने तयारी गरेको बुझिएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook