Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

राप्रपाले सुरु गर्‍यो आन्दोलन

राप्रपाले सुरु गर्‍यो आन्दोलन
kamal-thapa

काठमाडौं– निर्वाचन आयोगले राप्रपाको विधानमा उल्लेख गरिएको ‘संवैधानिक राजसंस्था र हिन्दुराष्ट्रको शब्दावली हटाइदिएपछि सो पार्टीले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

सो पार्टीको शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यको आकस्मिक बैठकले आयोगलाई निर्णय सच्याउनको लागि दवाव दिने उद्देश्यले चैत ७ गतेदेखि चरणबद्ध संघर्षको कार्यक्रम गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमअनुसार चैत ७ गते ७५ ओटै जिल्ला सदरमुकाममा जुलुस सहित निर्वाचन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने र एक घण्टा धर्ना दिने, काठमाण्डौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र ज्ञापन पत्र बुझाउने तय गरिएको छ ।

यस्तै आयोगको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने तथा चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापि शान्तिपूर्ण सडक संघर्ष गर्ने र धर्मनिरपेक्षताको खारेजीका साथै हिन्दुराष्ट्र पुनर्स्थापनाको लागि तत्काल संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने बैठकले निर्णय गरेको प्रवक्ता रोशन कार्कीले जानकारी दिए ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook