Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

यूनिभर्सिटी अफ अक्सफोर्ड मा सल्लाहाकारको रुपमा प्रा डा पन्त को नियुक्ति

यूनिभर्सिटी अफ अक्सफोर्ड मा सल्लाहाकारको रुपमा प्रा डा पन्त को नियुक्ति

12784639_1070834986309321_2078635343_n[1]बेलायत मा रहेको विश्व प्रख्यात यूनिभर्सिटी अफ अक्सफोर्ड को “गरिबी र मानव विकास विभाग” अन्तर्गत ” मल्टी डाईमेन्सन पिईर पोभरटी नेटवर्क “( Multidimensional of poverty peer network – MPPN)

को सल्लाहाकार मा प्राध्यापक डा विजन पन्त को नियुक्ति हुनु भएको छ | विगत केहि महिना देखि विकास विज्ञ को रुपमा संलग्न प्राध्यापक डा पन्त लाई यूनिभर्सिटी अफ अक्सफोर्ड को उक्त विभाग ले नेपाल लगायत दक्षिण एसिया को काम हेर्ने गरि हालसालै नियुक्ति गरेको हो | विकास मामिलामा गहिरो चासो राख्नु हुने डा पन्त यस अघि पनि समाजवादी अर्थ विकासनीति सम्बन्धी काम गर्दै आउनु भएको थियो |

 

यूनिभर्सिटी अफ अक्सफोर्ड को “गरिबी र मानव विकास विभाग” ले २००७ देखि स्वतन्त्र र मानव सम्वृद सम्बन्धी खोज अनुसन्धान विश्व को कयौ देशहरुमा गर्दै आएको छ | अक्सफोर्ड गरिबी र मानव विकास पहल ले मुख्य रुपमा विकाशील देशहरुमा राष्ट्रिय सरकार, अन्तराष्ट्रिय संथाहरु लगायत अन्य विभिन्न मानव विकास का विभिन्न पक्ष हरुमा काम गर्दै आएको संस्था हरु समन्वय गरि गरिबी हटाउन आधुनिक नीति नियम हरु समेत तयार गर्दा छ |

 

डा विजन पन्त ले नेपाल को विभिन्न महत्वपुर्ण स्थानमा रहेर काम गरिसक्नु भएको छ  | नेपालका पूर्व प्रधानमन्त्री स्व – सुशील कोइराला को सामाजिक तथा विकास मामिला सल्लाहाकार को रुपमा रहेर समेत काम गर्नु भएको थियो | मानव विकास,समाजवादी अर्थ नीति र विकाशील देशहरुको गरिबी घटाउने सम्बन्धी गहिरो चासो,खोज अनुसन्धान गर्दै आउनु भएका डा पन्त संग बेलायत का विभिन्न युनिभर्सिटी पढाएको आनुभव समेत रहेको छ |

 

अमेरिका र बेलायत अध्ययन र अध्यापक हुँदा देखि पूर्वी युरोप र दक्षिण एसिया मा काम गरेको अनुभव हेरेर नै यूनिभर्सिटी अफ अक्सफोर्ड ले आज सल्लाहाकार को रुपमा नियुक्ति दिएको हो भन्ने डा पन्त को बुझाई छ | मानव विकास को विभिन्न पक्षहरु जस्तै शिक्षा,स्वास्थ्य , खाद्यान्न, आवास देखि बाटो बत्ति सम्मको सम्बोधन नभए सम्म गरिबी घट्दैन | दिगो विकास को लागि परनिर्भरता घटाउने र आफ्नो साधन स्रोत आधारित विकास अगाडी बढाउने मूल लक्ष्य का साथ् विकास कुटनीतिलाई केन्द्र मा राखेर आज को विश्व समुदाय ले अन्तराष्ट्रिय विकासमा प्रतिबद्दता जनाएको डा पन्त को विश्लेषण छ |

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook