Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

यसरी मनायो कोसेली परिवार यूकेले ३२ औं वार्षिकोत्सव

यसरी मनायो कोसेली परिवार यूकेले ३२ औं वार्षिकोत्सव

लन्डन । बेलायतस्थित कोसेली नेपाली सांस्कृतिक परिवार यूकेको ३२ औं वार्षिकोत्सव एक विशेष कार्यक्रमका साथ मनाइएको छ । गत शनिबार सांझ लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा कोसेलीले स्थापनाको ३२ औं वर्षगांठ मनाएको हो । करिब साढे चारसय सहभागी उक्त कार्यक्रम औपचारिक भन्दा सांस्कृतिक प्रस्तुतिले रंगीन बन्यो ।

बेलायतमै जन्मे हुर्केका ससाना बालबालिकाले प्रस्तुत गरेको राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीत आकर्षणको केन्द्र बनेको थियो । कार्यक्रममा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । मन्तव्यका क्रममा राजदूत सुवेदीले नेपाली कला र लोक संस्कृति जगेर्नाका निम्ति निरन्तर समर्पित रहेकामा कोसेलीको प्रशंसा गरे । कोसेली अध्यक्ष शर्मिला सिंहले विदेशमा नेपाली कला, संस्कृति जीवन्त राख्ने र यसबारे नयां पुस्तालाई सिकाउनु संस्थाको मुख्य उद्देश्य रहेको बताउंदै नेपाली कला, संस्कति, साहित्य, भेषभूषा नै नेपालको पहिचान भएको उल्लेख गरिन् ।

‘नयां कलाकार जन्माउने र उनीहरुलाई प्रोत्साहन गर्ने पनि हाम्रो उद्देश्य हो’, शर्मिलाले भनिन्, ‘नयां पुस्तामा हस्तान्तरण र नेपाली गीत संगीतको माध्यमबाट नेपाली मन र नेपाललाई जोड्ने पनि हाम्रो अभियान हो । यो अभियानमा यहांहरुको साथ कोशेढुंगा बन्नेमा दुईमत छैन् ।’ कार्यक्रममा स्थानीय काउन्सिलर शरण शर्मा र व्यवसायी समाजसेवी महन्त श्रेष्ठले पनि शुभकामना दिंदै कोसेलीको योगदानको चर्चा गरे । त्यसअवसरमा एनआरएन युके महासचिव आरके त्रिपाठी, बरिष्ठ पत्रकार  सुमन खरेल,खगेन्द्र नेपाली साहित्य विकाष परिषद यूकेका अध्यक्ष कोमल मल्ल लगायतका विशिष्ट अतिथीहरुको पनि सहभागिता थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष अमृत गुरुङलाई ‘अनरेरी एप्रिसेसन सर्टि्फिकेट’ र कलाकारहरुलाई सम्मान गरिएको थियो । दोश्रो चरणमा राष्ट्रिय भावनाले ओतप्रोत गीत, संगीत र नृत्यले थप रौनकता दिएको थियो । फरक फरक भेषभुषामा सजिएका १५ जना बालबालिकाले ‘पश्चिम कोही पूर्व घर‘’ बोलको गीतमा सामूहिक नृत्य गर्दा हल रोमाञ्चित बन्यो । अन्य कयौं कलाकारले पनि नाच देखाए ।

औपचारिक कार्यक्रम निवर्तमान अध्यक्ष अमृत गुरुङ र सांस्कृतिक कार्यक्रम शशी थापा सुब्बाले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा संस्थाकी उपाध्यक्ष रुवी थापा र महासचिव खेम गौतमले स्वागत मन्तव्य दिए । नृत्य संयोजन गीता थापा र संगीत संयोजन अमर लामाले गरेका थिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook