Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

यसरी भयो राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित

यसरी भयो राष्ट्रियसभा नियमावली सर्वसम्मतिले पारित

काठमाडौं- राष्ट्रियसभा नियमावली, २०७५ आईतबार पारित भएको छ । राष्ट्रियसभाको आईतबार बसेको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ सर्वसम्मतिले पारित गरेको हो ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो नियमावली पारित गरियोस् भनि प्रस्ताव राखेका थिए । सो प्रस्ताव राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ पेश गरेलगत्तै सर्वसम्मतिले पारित गरिएको हो ।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई निलम्बन नगर्ने पक्षमा सबै दलको सहमति भएपछि नियमावली सर्वसम्मतिले पारित भएको हो । नियमावलीमा फौजदारी अभियोग लागेका सांसदहरुको सेवा, सुविधा भने कटौति हुने स्पष्ट पारिएको छ ।

नियमावलीमा फौजदारी अभियोग लागेर पुर्पक्षका लागि थुनामा रहेका सांसदहरुलाई संघीय कानुन बनाएर कार्वाही गर्ने व्यवस्था गरिएको नियमावली मस्यौदा समितिका सभापति गुरुङले बताए ।

उनले फौजदारी अभियोग लागेका सांसदहरुलाई कार्वाही गर्ने व्यवस्था कानुनमै उल्लेख गर्न उपयुक्त हुने कुरामा संसदमा सहमति जुटेको पनि स्पष्ट पारे ।

नियमावलीमा ४ वटा समिति रहने व्यवस्था गरिएको छ । संसदमा सरकारलाई जवाफदेही बनाउन प्रधानमन्त्री र मन्त्रीहरुले अनिवार्य जवाफ दिने बाध्यात्मक व्यवस्था पनि गरिएको छ । नियमावलीमा समितिको नेतृत्वमा ३३ प्रतिशत महिला अनिवार्य रहने व्यवस्था पनि गरिएको छ ।

बैठकमा राष्ट्रियसभाका विपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले राष्ट्रियसभालाई सहमतिमै अघि बढाउन नियमावली पनि सर्वसम्मतिले पारित गर्नु परेको बताउनु भएको थियो । राष्ट्रियसभाको अर्को बैठक आगामी असार ३ गते आईतबार ११ बजे बस्नेछ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook