Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकीकरण

मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकीकरण

काठमाडौं– मधेसी मोर्चामा आवद्ध ६ दलबीच एकीकरण भएको छ ।

राजधानीमा आज एक कार्यक्रमकाबीच महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिलकुमार झा नेतृत्वको नेपाल सदभावना पार्टीबीच एकीकरणको घोषणा गरिएको हो ।

बुधबार राति अबेर सम्पन्न मोर्चा आवद्ध शीर्ष नेताको बैठकले एकीकरणको प्रक्रियालाई अन्तिम रुप दिएपछि औपचारिक घोषणा भएको हो । कार्यक्रममा पार्टीको नाम, झण्डा, र चुनाव चिन्ह सार्वजनिक गरिएको छ ।

एकीकरणपछि पार्टीको नयाँ नाम राष्ट्रिय जनता पार्टी र चुनाव चिन्ह छाता राखिएको छ । शीर्ष नेताहरुबीच भएको सहमति अनुसार पार्टीमा पालै पालो नेतृत्व गर्ने गरी ६ जनाको अध्यक्ष मण्डल बनाइएको छ ।

एकीकृत पार्टीको पहिलो अध्यक्ष तमलोपाका ठाकुरलाई बनाउने सहमति दलहरुबीच भएको छ । निर्वाचन आयोगमा दलको हालको हैसियत अनुसार अन्य नेताले पालैपालो अध्यक्षको जिम्मेवारी सम्हाल्ने सहमति भएको छ ।

निर्वाचन अघि नै पार्टी एकीकरण गर्ने पहलस्वरुप संघीय समाजवादी फोरम बाहेकका मोर्चा आवद्ध दलहरुले राति अबेरसम्म छलफल गरेका थिए । पार्टीका भ्रातृसंगठनमा पनि केन्द्रीय पदाधिकारीकै संरचनाअनुसार संगठन बनाईने र एकता घोषणाको १ वर्षभित्र राष्ट्रिय महाधिवेशन गरिने सदभावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook