Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

मतगणनास्थल पुगेकी रञ्जु दर्शनाले भनिन्– मेयर पक्का जित्छु !

मतगणनास्थल पुगेकी रञ्जु दर्शनाले भनिन्– मेयर पक्का जित्छु !
ranju darshana

काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणनाका क्रममा तेश्रो स्थानमा रहेकी विवेकशील नेपाली दलबाट मेयर पदकी उम्मेदवार रञ्जु दर्शनाले आफू मेयरमा निर्वाचित हुने दाबी गरेकी छन् ।
काठमाडौं महानगरपालिकाको मतगणना स्थल राष्ट्रिय सभा गृहमा भेटिएकी उनले अपेक्षा गरे अनुसार मत प्राप्त भइरहेको भन्दै आफू पहिलो स्थानमा पुग्ने विश्वास रहेको बताइन् ।
ढिलो मतगणनाबाट आफू दिक्क भएको बताउदैँ अन्तिम नतिजाको पर्खाइमा रहेको उनले बताइन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ४ हजार ३ मत प्राप्त गरेकी छिन् । दोश्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ६ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् ।
यस्तै पहिलो स्थानमा रहेका एमालेका बिद्यासुन्दर शाक्यले १० हजार ४ सय १७ मत प्राप्त गरेका छन् ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook