Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहार : मैनाली

भारतद्वारा नेपालको राष्ट्रियतामाथि प्रहार : मैनाली
cp-mainalifinal

भक्तपुर, ५ चैत । नेकपा (माले)का महासचिव सिपी मैनालीले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले कुनै पनि बहानामा अब निर्वाचनलाई पर धकेल्न नहुने बताउँदै निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

मधेसमा मधेसवादी दलले निर्वाचनमा अवरोध पुर्‍याए खण्ड–खण्ड गरेर भए पनि निर्वाचन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उहाँले मधेसी मोर्चासँग निरन्तर संवाद र छलफल चलाएर निर्वाचनमा सहभागी गराउन सरकारले भूमिका खेल्नुपर्ने औँल्याउँदै मधेसी मोर्चाले राखेको संविधान संशोधनको प्रस्ताव संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भएकाले पारित भने गर्न नसकिने बताउनुभयो ।

उहाँले सुगौली सन्धिदेखि नै भारतले नेपालको राष्ट्रियतामाथि पटक पटक प्रहार गर्दै आइरहेको आरोप लगाउँदै भारतीय सुरक्षाकर्मीद्वारा कञ्चनपुरमा नेपालीमाथि गोली प्रहार गरी भएको हत्यासम्म आइपुग्दा यसको पुष्टि भएको बताउनुभयो ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook