Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

बेल्जियममा काँग्रेस केन्द्रिय सदस्यद्धयको विदाई

बेल्जियममा काँग्रेस केन्द्रिय सदस्यद्धयको विदाई

chandra bhandari

बेल्जियम,

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेसनमा पाल्नु भएका नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्धय तथा व्यवस्थापिक संसदका सांसद एन पि साउद तथा चन्द्र भण्डारीलाई एक रात्रीभोजको आयोजना गरेर नेपाली जनसम्पर्क समिति बेल्जियमले विदाई गरेको छ ।

विदाई कार्यक्रममा बोल्दै नेतागणहरुले निमन्त्रणा दिएर अधिवेसनमा बोलाएकोमा हार्दिक आभार तथा धन्यबाद दिदै जनसंपर्क समितिहरुको संस्थगत विकास र नेपाली काँग्रेस केन्द्रिय समिति संगको संबन्ध अझै प्रभावकारी बनाउन भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाली जनसंपर्क समिति बेल्जियमका नवनिर्वाचत अध्यक्ष सिता सापकोटाले नेतागणहरुको उपस्थितीले समितिको चौथो अधिवेसन भव्य रुपमा संपन्न हुन सकेको बताउँदै नेपाली जनसंपर्क समिति बेल्जियम र नेपाली समुदाय बेल्जियमका हितका पक्षमा अत्यन्तै गम्भिर भएर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमले सम्पुर्ण जन सम्पर्क समतिका महाबिशेन प्रतिनिधि र महासमिति सदस्य जो काग्रेससग अाबद्ध त्यसता कार्यक्रतालाइ केन्द्रियले निर्देशन दिएर स्थानिय चुनाब परिचालन गर्न बातबरण बनाउन आग्रह गर्नु भयो। साथै एन आर ऐनका केन्द्रिय सदस्य जानकी गुरूग ले पनि कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिदै साझा सवालहरुमा सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।

कार्यक्रममा पुर्ब अध्यक्ष एंबम निर्बाचन संयोजक ईन्द्र क्षेत्री ( पकंवान) ले भन्नु भयो संस्थापक अध्यक्ष देखि निबर्तमान अध्यक्षको संयुक्ता पहलामा सहज बातबरणमा चुनाब गराउन सकेको प्रकास पार्नु भयो। कार्यक्रम नेपाली जनसंपर्क समितिका पदाधिकारीहरु लगायत विभिन्न संघसंस्थाका अध्यक्ष एबम सदस्यहरुको बाग्लो उपस्थिती रहेको थियो । कार्यक्रम समितिका महामन्त्री दिनेश प्रसाद भण्डारीले संचालन गर्नु भएको थियो।

समितिका बरिष्ठ उपाध्यक्ष देबु पौडेल ले स्वागत मन्तव्य राख्नु भएको थियो।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook