Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

बेलायती राजनीतिमा नयां तरंग

बेलायती राजनीतिमा नयां तरंग

शिव भण्डारी,

लण्डन । ब्रेक्जिटका बारेमा बेलायत सरकारको औपचारिक नीति बनाउने क्रममा मन्त्रीहरुबीचमै कुरा मिल्न नसक्दा बेलायतको राजनीतिमा ठूलो तरंग पैदा भएको छ । प्रधानमन्त्री टेरिसा मेसंग असहमति राख्दै ब्रेक्जिट मामिलाका मन्त्री डेभिड डेभिस र विदेश मन्त्री बोरिस जोनसोनले केहि घण्टाकै अन्तरालमा राजिनामा गरेका छन् ।

सोमबार दिउंसो नै उनीहरु दुवैको राजिनामा स्वीकृत भइसकेको छ । रिक्त विदेश मन्त्रालयमा जेरेमी हन्ट र ब्रेक्जिट मामिला मन्त्रीमा डोमिनिक राबलाई नियुक्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेकी छन् । यसअघि प्रधानमन्त्री टेरिसा मेको मन्त्रिपरिषदमा रहेका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयां राजनीतिक तरङ्ग पैदा भएको छ ।

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुको राजिनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पार्ने अनुमान गरिएको छ । इयुसंगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयां प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनीहरुकोको राजीनामा आएको हो ।

ब्रेक्जिट वार्ताहरूको विषयमा कैयौं पटक प्रधानमन्त्री मेले लिएका अडानहरूको बारेमा उनीहरुको मतभेद पनि भएको बताइएको छ । ब्रेक्जिट मामिलाको प्रभावशाली मन्त्रीहरु नै सरकार छोडेर हिडेपछि यसले प्रधानमन्त्री मेको नेतृत्वलाई समेत संपार्न सक्ने अनुमान समेत गर्न थालिएको छ ।

प्रधानमन्त्री मेसंग अहिले झिनो बहुमत छ । सत्तारुढ पार्टीकै कतिपय सांसद असन्तुष्ट रहेको अवस्थामा उनीप्रति अविश्वासको प्रस्ताव आएको खण्डमा उनलाई अफ्ठेरो पर्न सक्ने ठानिएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook