Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

बेलायतका पत्रकारहरु चुनावी मैदानमा

बेलायतका पत्रकारहरु चुनावी मैदानमा

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको भावी नेतृत्वका लागि उम्मेद्वारी दर्ता गरिएको छ । मे १९ मा हुने निर्वाचनका लागि आइतबार दिउँसो उम्मेद्वारी मनोनयन गरिएको हो । अध्यक्ष पदमा वर्तमान अध्यक्ष नरेश खपाङी र उपाध्यक्ष ध्रुबराज अर्यालको उम्मेद्वारी दर्ता भएको छ । वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र दिनेश परियार, उपाध्यक्षमा खेमराज रानाभाट र लिलामान शेरपुञ्जा तथा महासचिवमा नरेन्द्र बस्नेत , संजय कंडेल विमला सेने र खुशी लिम्बुले उम्मेद्वारी दिएका छन् । सचिवमा शिव भन्डारी र जगन कार्कीले उम्मेद्वारी दर्ता गरे भने कोषाध्यक्षमा पुर्ण गुरुङ र सिद्धार्थ क्षेत्रीको उम्मेद्वारी पर्यो । सहकोषाध्यक्षमा रोशन राईको मात्रै उम्मेद्वारी छ।

सदस्यमा ८ जनाले उम्मेद्वारी दिएका छन् बोमबहादुर थापा, नरेश काङमाङ राई, सुरेन्द्र इङ्नाम, विश्वासदीप तिगेला, अनिल मल्ल, गणेश खड्का, मन्जु भन्डारी, जीवन सेन र नरेन्द्र नेम्वाङ गरि ९ जनाको उम्मेद्वारी आयो । उम्मेद्वारी फिर्ताको लागि यस अघि तोकिएको आइतबार साझ ६ बजेसम्मको समय सीमा बढाएर बिहिवार साझ ८ बजेसम्म लैजाने निर्णय निर्वाचन समितिले गरेको छ

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook