Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

बेलायतका नेपाली एकाउन्टेण्टहरु संगठित हुँदै

बेलायतका नेपाली एकाउन्टेण्टहरु संगठित हुँदै

शिब भण्डारी

लन्डन- बेलायतमा बसोवास गरिरहेका नेपाली व्यवसायिक एकान्टेण्टहरुले आफ्नै व्यवसाय तथा अन्य विभिन्न आकर्षक पेसामा सफलता हासिल गरिहेका छन् । विगत केही समयदेखि व्यवसायिकरुपमा काम गरिरहेका एकान्टेण्टहरुले संगठित हुने तयारी सुरु गरेका छन् ।

उक्त अभियानका अगुवा मध्येका एक विज्ञान प्रसाईंका अनुसार आउँदो जुन २४ तारिख आइतबार लन्डनको ह्यारोमा एक भेलाको आयोजना गरिएको छ । प्रसाईंका अनुसार विगत केही महिनादेखि विधानको मस्यौदा तयार गर्ने र व्यवसायिक एकाउन्टेण्टहरुको तथ्यांक संकलन गर्ने कार्य पुरा भइसकेको छ ।

२४ जुनमा हुने भेलाबाट विधान पारित हुने आयोजक समितिका अगुवा सुन्दर खतिवडाले जानकारी दिए । विधानअनुसार नयाँ कार्यसमिति चयन हुनेछ ।

यसै बीच विश्वभरका २ लाख बढि व्यवसायिक एकाउन्टेन्टहरु सदस्य रहेको एसीसीए यूकेको काउन्सिल निर्वाचन आउँदो अक्टोबर महिनामा हुँदैछ ।सो निर्वाचनमा काउन्सिल मेम्बरका ३६ वटा पदमा एसिसीए यूकेका विश्वभरका सदस्य एकाउन्टेन्टहरुमाझ निर्वाचन हुनेछ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook