Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

बाढीले घर बगाउँदा दुईको मृत्यु, तीन बेपत्ता

रामेछाप- गएराति परेको अविरल वर्षाका कारण रामेछापको खिम्ती र फर्पुको सिमानामा रहेको बस्तीमा बाढी पस्दा दुईको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रहरी नायब उपरीक्षक कुमोद ढुंगेलले लिखु गाउँपालिका वडा नं ७, खिम्तीकी ७५ वर्षीया बालकुमारी खत्रीको शव फेला परेको, अर्का एकजनाको पनि शव फेला परेको र सनाखत हुन बाँकी रहेको बताउनुभयो । त्यसैगरी अन्य छ जना घाइते रहेका छन् । घाइतेको उद्धारका लागि हेलिकप्टर मगाइएको छ ।

बाढीले खिम्तीबाट फर्पुतर्फ जाने सडकमा पर्ने छत्तिवने खोलाको पुल बगाएको छ । पुल नजिकका दुई घरसमेत बगेका छन् । शनिबार दिउँसोदेखि खिम्ती क्षेत्रमा वर्षा भएको थियो । राति १० बजेपछि खहरे र छत्तिवनेमा बाढी बढेको थियो ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook