Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

प्रधानमन्त्रीको रारा सम्बोधन सकारात्मक: काँग्रेस

प्रधानमन्त्रीको रारा सम्बोधन सकारात्मक: काँग्रेस

काठमाडौँ- सत्तापक्षले गरेका राम्रा कामलाई पनि नकारात्मक टिप्पणी गर्ने प्रतिपक्षीको परम्परा तोड्दै काँग्रेसले यो पटक सकारात्मक टिप्पणी गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षका अवसरमा मुगुको रारा तालबाट देशबासीको नाममा गरेको सम्बोधनलाई प्रमुख प्रतिपक्ष दल काँग्रेसले सरकारले सकारात्मक कामको थालनी भनेर टिप्पणी गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले नयाँ बर्षमा नयाँ प्रधानमन्त्रीले मुलुकको सुशासन र सम्बृद्धिका लागि जनताका नाममा गरेको सम्बोधन सकारात्मक र सामान्य भएको बताए । ‘प्रधानमन्त्रीको सम्बोधन सामान्य र सकारात्मक छ, सम्बोधनमा व्यक्त गरिएका प्रतिबद्धताले लोकतन्त्र बलियो बन्ने तथा आर्थिक र नीजि क्षेत्र थप फराकिलो बन्ने अपेक्षा गर्न सकिन्छ,’ प्रवक्ता शर्माले भने ।

उनले गरिवी घटाउने, भ्रष्टचार नियन्त्रण गर्ने र उद्योगधन्दा कलकारखाना बढाउँदै देशमा रोजगारी बढाउने जस्ता सम्बोधनका विषयबस्तु बन्नुलाई नकारात्मक टिप्पणी गर्न नमिल्ने बताए ।

उनले कर्णालीको रारा पुगेर सम्बोधन गर्दा कम्तिमा विश्वले राराको नाम थाहा पाएको भन्दै त्यसको विरोध गर्न जरुरी नभएको पनि बताए । ‘भन्न त कतिले प्रधानमन्त्री किन रारा जानुपथ्र्यो ? काठमाडौमै बसेर गरेको भएको राज्यको खर्च घट्थ्यो भनेको पनि सुनियो तर काँग्रेस त्यस्तो टिप्पणी गर्दैन, राम्रो कामलाई राम्रै र नराम्रोलाई नराम्रो भन्छ,’ प्रवक्ता शर्माले भने ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook