Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

नेविसंघ महामन्त्री काफ्लेको नेतृत्वमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

नेविसंघ महामन्त्री काफ्लेको नेतृत्वमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौँ- कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौँको गोंगबु चोकमा सरकार विरुद्ध प्रदर्शन र नाराबाजी गरेका हुन् ।

गोंगबु चोकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धि फिर्ता गर, सुशासन कायम गर, जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए । शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघ नेता निरञ्जन थापाको भनाई छ ।

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्टले बताए ।

नेविसंघ केन्द्रिय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेको उपस्थिती रहेको थियो ।

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ । यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook