Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

नेपालमा वृद्धाश्रम बनाउन जुटे बेलायतवासी नेपाली, जुन ४ मा च्यारिटी

नेपालमा वृद्धाश्रम बनाउन जुटे बेलायतवासी नेपाली, जुन ४ मा च्यारिटी

लन्डन– नेपालमा बुद्ध वृद्धाश्रम निर्माण गर्न बेलायतवासी नेपाली जुटेका छन् ।

वृद्धाश्रम निर्माणका लागि बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको सहयोगमा आगामी ४ जुन आइतबार प्लमस्टिड एसियन कम्युनिटी हलमा विशेष च्यारिटी हुने भएको छ ।

च्यारिटी सफल बनाउन फाउन्डेसनले उपसमिति निर्माण गरेको छ । मंगलबार साँझ प्लमस्टिड चौतारी रेष्टुरेन्टमा सम्पन्न कार्यसमिति बैठकले विभिन्न जिम्मेवारी तोकेको हो । जीवन सेन, हिराधन राई र महेन्द्र विक्रम कुँवरलाई च्यारिटी संयोजक तोकिएको छ भने विशिष्ट व्यक्तिको स्वागतको जिम्मा हिराधन राई, स्टेज कोअर्डिनेटर महेन्द्र विक्रम कुँवर, कल्चरल कोअर्डिनेटर सूर्य गुरुङ, फाइनान्स कोअर्डिनेटर सचिन श्रेष्ठ, राजन खकुरेल र धनराज मल्ल, स्पोन्सर कोअर्डिनेटर विकास नेपाल, मिडिया कोअर्डिनेटरहरु नवीन पोखरेल र एभरेष्ट गौतम, सह मिडिया संयोजक निक्को प्रताप गुरुङ, केयर होम कन्सेप्ट प्रस्तुति हरिस ज्ञवाली, डिजाइन एण्ड प्रिन्ट निर महर्जन र अभि महर्जन तथा ज्यास क्याटरिङले करिब तीनसय जनालाई खाना ९फाइन डाइन टेबल सर्भ० उपलव्ध गराउने छ ।

उक्त च्यारिटी साँझ ५ देखि राती ११ बजेसम्म हुँदैछ । बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठले हालसम्म वृद्धाश्रम निर्माणका लागि ७९८२.१३ पेन्सको प्रतिवद्धता आइसकेको जनाउँदै यसपटक फेरि पूण्य काममा सघाउन बेलायतवासी समस्त नेपाली समुदायमा अनुरोध गरे ।

कपिलवस्तु बाणगंगा नगरपालिका, नन्दनगरमा बन्ने १४ बेड रुमको उक्त वृद्धाश्रमको अनुमानित निर्माण लागत ७० लाख रुपैयाँ छ । २० रोपनी जग्गा भने कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले नि:शुल्क उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook