Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

नेकपाको सचिवालय बैठक बालुवाटारमा

नेकपाको सचिवालय बैठक बालुवाटारमा

काठमाडौं– बालुवाटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । बैठक विहान नौ बजेबाट सुरु भएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिवारे छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । चिकित्सा शिक्षा बिधेयकको विषयलाई लिएर डा गोविन्द केसीले थालेको आन्दोलन र त्यसप्रति सरकार र सत्तापक्षको समान धारणा बनाउनेबारे पनि छलफल हुने बताइएको छ ।

त्यस्तै बैठकमा पार्टीको प्रस्तावित नियमावली परिमार्जनसहित अन्तिम रूप दिन गठित तीन सदस्यीय कार्यदलले प्रतिवेदन बुझाउने छ ।

शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रूप दिन ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।कार्यदलमा बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल छन् ।

कार्यदललाई तीन दिनभित्र नियमावलीलाई प्रकाशन हुनेगरी अन्तिम रूप दिने कार्यादेश दिएको नेताहरुले बताएका छन् । कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आजको सचिवालय बैठकले अनुमोदन गरेर प्रकाशनका लागि पठाउने निर्णय गर्ने बताइएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook