Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिँदै

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिँदै

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिनेछन् ।

बिहान ११:०० बजे प्रतिनिधिसभाको बैठक शुरु हुँदैछ ।

त्यस्तै दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्नेछ ।

ती दुई बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी थिइन् ।

उक्त नीति तथा कार्यक्रममाथि दुवै सदनमा तीन दिन सम्म भएका छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ प्रधानमन्त्रीले आज दिन लागेका हुन् ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook