Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने

निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने
singha durbar

काठमाडौं- नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने भएको छ ।

गत चैत २५ गते अमेरिकी विमान कम्पनीसाग २१ अर्ब ९० करोड रुपैयाँमा दुईवटा वाईड बडी जहाज’ खरिद गर्ने निगमको निर्णयमा सरकार जवानी बसिदिने भएको हो ।

मन्त्रिपरिषद्को बैठकले युरोपियन संघलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको छ ।

बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित धुर्मुश–सुन्तली फाउण्डेसनले निर्माण गरेको एकीकृत नमुना बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय गरेको उर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने निर्णय गर्दै मन्त्रिपरिषद्ले विभिन्न ठाउँमा रहेका वनको रुख काट्न समेत अनुमति दिएको छ ।

यस्तै बैठकले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा संग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ ।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीकाअनुसार, निर्माण प्रक्रिया अगाडि बढाउन ५०–५० लाख छुट्याउने निर्णय भएको छ ।

अन्य समाचारहरू

X

Pin It on Pinterest

X
Like us on Facebook