Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

नवलपुर जिल्ला समाज यूकेको पहिलो भेला अगस्ट ५ मा हुंदै

नवलपुर जिल्ला समाज यूकेको पहिलो भेला अगस्ट ५ मा हुंदै

लण्डन । नवलपुर जिल्ला समाज यूकेको पहिलो भेला अगस्ट ५ मा हुने भएको छ ।
नवलपरासीबाट छुट्टिएर बनेको नयां जिल्ला नवलपुरबाट बेलायतमा आएर बसेकाहरु संस्था स्थापना गरेर संगठित बन्न लागेका हुन् ।

संस्था गठनको लागि आउंदो अगस्ट ५ तारिख आइतबारका दिन अल्डरसटको एम्पायर हलमा एक भेला आयोजना हुंदैछ । भेलाबाट विधिवत रुपमा संस्थाको घोषणा गर्दै कार्यसमिति पनि चयन गर्ने योजना बनाइएको छ ।

नवलपुर जिल्ला समाज यूकेको गठनका लागि आयोजना हुने भेलाको संयोजन गर्ने जिम्मा ईन्द्रजित सारु मगरलाई लगाइएको छ । त्यसैगरी बेलायतका विभिन्न क्षेत्रमा स्थानीय संयोजकहरु तोकेर भेलामा सक्दो बढि सहभागिता गराउने प्रयास पनि भइरहेको छ ।

नवलपुर जिल्ला समाज यूकेले बेलायतवासी नवलपुरेहरुबीचमा आपसी सम्बन्ध बढाउने तथा जिल्लाको विकास र जिल्लावासीहरुको सहयोगका लागि सामाजिक कामहरु समेत गर्ने लक्ष्य लिएको संयोजक सारुले जनाए ।

भेलामा लण्डन तथा अल्डरसट आसपासका क्षेत्रहरुका साथै केन्ट, लिड्स, मिडिल्यान्ड, वेल्स, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड लगायतका स्थानबाट पनि नवलपुरेहरु जम्मा हुंदैछन् ।

भेलामा बेलायतबासी करिब ५ सय नवलपुरेहरु उतार्ने लक्ष्य राखिएको भेलाको लागि लण्डन क्षेत्रका संयोजक प्रकाश कंडेलले जानकारी दिए ।

 

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook