Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

नयाँ वर्ष स्वागतमा रातभर जागै रह्यो अल्डरसट, कलाकारले नचाए छमछम (भिडियोसहित)

नयाँ वर्ष स्वागतमा रातभर जागै रह्यो अल्डरसट, कलाकारले नचाए छमछम (भिडियोसहित)

शिव भण्डारी
लन्डन– नयाँ वर्ष २०७५ को स्वागतमा अल्डरसट शुक्रबार रातभर जागै रह्यो । नेपालबाट आएका चर्चित कलाकारलाई साथ दिन बेलायतबासी नेपालीहरु चिसो लन्डनको प्रवाह नगरी ‘नेप्लिज न्यू इयर नाइट २०७५’ सांगीतिक कार्यक्रममा नाचे । साँझ ८ बजेदेखि सुरु भएको कार्यक्रम राति १२ बजे नयाँ वर्षलाई स्वागत गरेर सकिएको थियो ।

अल्डरसटस्थित प्यालेसमा नयाँ वर्ष २०७५ को अवसरमा लन्डनबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई चर्चित गायिका प्रिती आले, नायिका छुल्थिम गुरुङ र मोडेल तथा डान्सर रश्मी तामाङले नचाए । कार्यक्रममा स्थानीय मोडल तथा नृत्य कलाकार स्नेहा गुरुङ र गायिका निकिता मगरको प्रस्तुति रह्यो ।

एनआरएनए यूके सल्लाकार हेम गुरुङको स्वागतमा भएको कार्यक्रममा नायिका छुल्थिम गुरुङ र एनआरएन यूकेका महासचिव आर के त्रिपाठीले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

साहारा युकेका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएन आईसीसी सदस्य शान्ति थापा कुँवर, एनआरएन यूकेका उपाध्यक्षहरु प्रेम गाहा मगर, सुशीला राई, पुनम गुरुङ, एनआरएन यूकेका पूर्वअयक्ष सूर्य गुरुङ, तमु धीं लन्डन ईकाईका पूर्वअध्यक्ष डेभिड गुरुङ, एनआरएन युकेका युवा संयोजक लालबहादुर गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ र प्रकाश कँडेल, एनआरएन यूकेका धार्मिक विभाग संयोजक होमनाथ पौडेललगायतको उपस्थिति थियो ।

बेलायतमा नेपाली नयां वर्ष यसरी मनाइदै छ ! बेली डान्सर प्रिती आले,मोडल छुल्ठिम डोल्मा गुरुङ र डान्सर रश्मी तामाङ को साथमा लाईभ !!! Londonnepalnews

Posted by London Nepal News on Friday, 13 April 2018

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook