Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

देउवाले डेढ महिनामा पनि मन्त्री छान्न सकेनन्

देउवाले डेढ महिनामा पनि मन्त्री छान्न सकेनन्

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदै छ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने दलहरुको भाका सरिरहेको छ ।

पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकारमा सहभागी हुने दलको टुंगो नलाग्दा सरकार विस्तार हुन नसकेको हो ।

मन्त्री सिफारिसका लागि बनेको कार्यदलका सदस्य रमेश लेखकका अनुसार कांग्रेस र माओवादीबीच ३ साउनमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook