Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

थाइल्यान्ड गुफामा फसेका सबै जनाको सकुशल उद्धार

थाइल्यान्ड गुफामा फसेका सबै जनाको सकुशल उद्धार

थाइल्यान्ड। थाइल्यान्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबैजनाको मंगलबारसम्ममा उद्धार गरिएको थाइल्यान्डको नौसैनिक एक एकाइले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक १८ दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।

नौसैनिक स्रोतले दिएको जानकारीअनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ ।

यद्यपि, लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको छ ।

नौसेनाल भनेको छ–‘सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।’

यद्यपि, उद्धारका लागि गुफाभित्र गएका चारजना भने मंगलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् । उनीहरू बाहिर निस्कनेक्रममा बाटोमा नै रहेका बताइएको छ । रासस/एएफपी

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook