Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

ढुंगानालाई बेलायतमा स्थापित अन्तर्राष्ट्रिय अनलाइन पुरस्कार

ढुंगानालाई बेलायतमा स्थापित अन्तर्राष्ट्रिय अनलाइन पुरस्कार

लन्डन– अनलाइन पत्रकार कृष्ण ढुंगानालाई बेलायतमा स्थापना गरिएको स्वर्गीय सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

गैरआवासीय नेपाली संघका संस्थापक सचिव तथा समाजसेवी चिरन्जीवी ढकालले आफ्नी स्वर्गीय आमा सीतादेवी ढकालको स्मृतिमा स्थापना गरेको पुरस्कार पाउने ढुंगाना दोस्रो पत्रकार हुन् । उनी नागरिक न्यूज डटकमका संयोजक हुन् । यसअघि पत्रकार उमेश श्रेष्ठलाई सो पुरस्कार प्रदान गरिएको थियो ।

अनलाइन मिडियामा कलम चलाउने एकजना पत्रकारलाई दुई-दुई वर्षमा प्रदान गरिने सो पुरस्कारको राशी ५ सय अमेरिकी डलर छ ।

यसअघि सीतादवी ढकाल प्रतिष्ठानले सार्वजनिक सूचना जारी गरी अनलाइन मिडियामा सकृय पत्रकारहरुसँग आवेदन माग गरेको थियो । समयसीमा भित्रप्राप्त आवेदनहरुमध्येबाट पुरस्कार छनोट निर्णायक समितिले पुरस्कारका लागि ढुंगानालाई छनौट गरेको हो ।

यस वर्षको पुरस्कार सन २०१७ भित्र काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने सो पुरस्कारका संस्थापक ढकालले बताए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook