Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

चार्जमा लगाएको मोबाइलमा कुरा गर्दा गर्दै युवतीको मृत्यु

चार्जमा लगाएको मोबाइलमा कुरा गर्दा गर्दै युवतीको मृत्यु

चार्जमा लगाएको मोबाइलमा कुरा गर्दा गर्दै एक युवतीको ज्यान गएको छ। चार्ज गरिरहेको मोबाइलबाट आफ्न्तसँग कुरा गरिरहेका बेला मोबाइल विष्फोट हुँदा युवतीको ज्यान गएको हो।

यो घटना भारतको ओडिशा राज्यको हो। १९ वर्षीया उमा ओरम नामकी युवतीको नोकिया ५२३३ मोडलको मोबाइल विष्फोटमा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विष्फोटपछि युवतीको अनुहार र खुट्टा पूर्ण रुपमा जलेका थिए। विष्फोटबाट घाइते भएकी युवतीको उपचारका क्रममा ज्यान गएको समाचारमा जनाइएको छ।

घटनाका बारेमा जानकारी गर्दै युवतीका भाइले भने, ‘फोन चार्जमा थियो, त्यही बेला एकजना आफन्तको फोन आयो, चार्जमै रहेका बेला फोनमा कुरा गर्दा गर्दै मोबाइल पड्कियो। युवती बेहोस भएपछि अस्पताल लगियो। र उनको अस्पतालमै ज्यान गयो।’ एजेन्सी

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook