Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

गोर्खा कप आज हुँदैछ, यसरी बनाइँदैछ प्रतियोगिता भव्य

गोर्खा कप आज हुँदैछ, यसरी बनाइँदैछ प्रतियोगिता भव्य

लन्डन– बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कपको १६ औं संस्करण आज हुँदैछ । आज हुने प्रतियोगिता अझ व्यापक बनाउने आयोजक तमुधिं यूकेले दाबी गरेको छ ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा गोर्खा कप हुँदैछ । ९ ए साइड उक्त प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ । यस वर्षको गोर्खा कपमा कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने तमुधी युकेको भवनमा संस्थाका अध्यक्ष ज्ञाम गुरुङले जानकारी दिए । भएका छन् । ३२ नन भेट्रान (मेन क्याटेगोरी) र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा हङकङ, बेल्जियम र हल्याण्डबाट समेत खेलाडी आउने भएका छन् ।

१६ औं गोर्खा कपको पुरस्कार राशी वृद्धि गरिएको छ जसमा नन भेट्रान (मेन) वीनरको पुरस्कार राशी २५ सय पाउण्ड छ । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोश्रो हुनेले ८०० पाउण्ड पाउनेछन् ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले उक्त इभेन्ट हेर्न १० हजार बढि दर्शक उपस्थित हुने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा आपतकालिन सेवा जस्तै एम्बुलेन्स, प्रहरी बल, टवाइलेट र कार पार्क सुविधा, खाना आदिको व्यवस्थापन भइसकेको उनले बताए ।

गोर्खा कपको विशेष आकर्षणहरुमा एफए कप डिस्प्ले, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, मार्सल आर्टस, मिलिट्री डिस्प्ले, पञ्चे बाजा, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खाना, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने छन्।

यसैबीच गैर आवासीय नेपाली संघ बेलायतले निशुल्क स्वास्थ्य शिविर राख्ने तयारी गरेको छ । खानाका कम्तीमा दश वटा स्टल र हस्तकलाका ४० बढि स्टल रहने बताइएको छ । करिब एकसय २० जना स्वयंसेवक खटिनेछन् भने कार्यक्रम गर्न करिब ४५ हजार पाउण्ड खर्च हुने छ।

बेलायतमा प्रथम गुल्मेली नौमति पञ्चे बाजाको धुन सँगै आरम्भ गरिने बताउँदै तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गोर्खा कप विदेशमा बस्ने नेपालीको सबैभन्दा ठूलो कुम्भ मेलामा सहभागिताका लागि समस्त नेपाली समुदायमा आह्वान गरेका छन् ।

तस्विर : मिलन तमु

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook