Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

गठबन्धनमा अन्तर्घात भएपछि राप्रपाका नेताको आयो यस्तो बयान

गठबन्धनमा अन्तर्घात भएपछि राप्रपाका नेताको आयो यस्तो बयान

काठमाडौं– ललितपुरमा गठबन्धन अनुसार भोट नपाएपछि राप्रपा एमालेसँग असन्तुष्ट देखिएको छ ।
गठबन्धन अनुसार किन राप्रपाले भोट पाएन ? यो विषयमा राप्रपाका ललितपुर जिल्ला अध्यक्ष रामहरी थापासँग रातोपाटीले कुराकानी गरेको छ । यस्तो छ, राप्रपा अध्यक्ष थापाको बयानः

–चुनाव भन्दा एक–डेढ महिना अगाडिदेखि नै तालमेलका विषयमा कुराकानी भएको थियो । तालमेल गर्नुपर्छ भनेर एमालेले नै प्रस्ताव ल्याएको हो । हामीले उसको प्रस्ताव तालमेल कसरी गर्ने भन्ने पर्खेर बसेका थियौँ । उपमेयरसहित १० वडा राप्रपाले लिने भन्ने थियो । तर, अन्तिमसम्म पनि एमालेले औपचारिक प्रस्ताव ल्याएन ।

मनोनयन दर्ता हुने दिन एमालेको तर्फबाट तपाईंहरु मेयर खाली राख्नुस, हामी उपमेयर खाली राख्छौँ भन्ने प्रस्ताव आयो । त्यतिन्जेल ढिला भैसकेको थियो । हामीले मेयरका उम्मेदवार तय गरिसकेका थियौँ । त्यहीँ अनुसार मनोनयन गर्यौ । केन्द्रको नीति अनुसार ललितपुरमा पनि तालमेलको सहमति बन्यो । र, हामीले मेयरको उम्मेदवारी फिर्ता लियौँ ।
वडाको कुरा मिलेको थिएन । एमालेबाट जो जहाँ बलियो छ, त्यहाँ अर्कोले समर्थन गर्ने गरी आ–आफ्नो तरिकाले प्रचार गरौँ भन्ने कुरा आयो । अन्तिमसम्म पनि वडाको तालमेल मिलाउन एमालेले चासो दिएन ।

हामीले उहाँहरुका माग अनुसार सवै ठाँउमा सहयोग गर्यौँ । उहाँहरुले मेयर र हामीले उपमेयर दिएपछि गठबन्धन अनुसार भोटिङ हुन्छ भन्नेमा हामी ढुक्क थियौँ । तर, उहाँहरुले सहमति विपरित भोट हाल्नु भयो । उम्मेदवार नै नभएको पदमा सूर्य चिन्हमा भोट हाल्नु भयो । हाम्रो उपमेयरलाई भोट दिनुभएन ।

समीकरण भयो । तर, सहमति अनुसार काम भएन । हामीलाई घाटा भयो । आफ्नै साथीभाईहरु पनि रिसाए । उम्मेदवार पनि रिसाए । सहमति अनुसार भोट पनि आएन । दुईतिरबाट हामीलाई घाटा भयो ।

सहमति अनुसार भोट नआएपछि हामीले मेयरका उम्मेदवारलाई एमाले नेतृत्वसँग कुरा गर्न भन्यो । उहाँले कुरा पनि गर्नुभयो । अव मतगणना सकिएपछि समीक्षा गरौलाँ भनेका छन् ।

उहाँहरुको कुरा के आउँछ हेरौँ । हामी धोका भएको कुरा पत्रकार सम्मेलन गरेर राख्छौँ । ठूलो विश्वासघात भयो । यहीँ शब्द अहिलेसम्म मिडियामा त भनेका छैनौँ । तर, भन्नुपर्ने अबस्था आयो ।

मेरो विचारमा सहमति अनुसार नेतृत्वले भोटिङका लागि कार्यकर्तालाई निर्देशन दिएन । त्यसको असर यहाँ देखियो ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook