Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

को हुन् गुल्मी जिल्ला समाज यूकेको निमन्त्राणमा बेलायत आउने कलाकार बैकुण्ठ र सुशिला ?

को हुन् गुल्मी जिल्ला समाज यूकेको निमन्त्राणमा बेलायत आउने कलाकार बैकुण्ठ र सुशिला ?

लण्डन । गुल्मी जिल्ला समाज यूकेले यस वर्ष पनि नेपालबाट कलाकारहरु निम्त्याएर वार्षिक समर कार्यक्रम गर्ने भएको छ ।

अगस्ट ५ तारिखमा अल्डरसटको कनर्ट स्कुलमा आयोजना गरिने कार्यक्रममा भाग लिन चर्चिच कलाकारद्धय बैकुण्ठ महत र सुशिला गौतम बेलायत आउने भएका छन् ।

लोकदोहोरी क्षेत्रमा राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल गुल्मेली गायक बैकुण्ठ महत र गायिका सुशिला गौतमले बेलायतको लागि भिसा समेत बुझिसकेको समाजका अध्यक्ष राम गलामीले जानकारी दिए । कलाकारहरु अगस्टको सुरुमै बेलायत उत्रिने कार्यक्रम रहेको छ । गुल्मी ईस्मा, अमरपुरका गायक महत पछिल्लो डेढ दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा सक्रिय छन् ।

अहिलेसम्म उनका ३ दर्जन बढि गीतहरु रेकर्ड भइसकेका छन् । मान्छेको जिन्दगानी, दुई कुराले ठग्यो, मादल, हाम्रो नेपाल हामी नेपाली, बटौली गाउंतिर लगायतका उनका कैयौं गीत चर्चित छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालमा उनी केन्द्रीय सदस्य समेत छन् । पछिल्लो एक दशकदेखि नेपाली लोकसंगीतको क्षेत्रमा क्रियाशिल गायिका सुशिला गौतम गुल्मी शान्तिपुरकी हुन् । उनको आवाजमा सजिएका २ दर्जन बढि लोक तथा दोहोरी गीतहरु अहिलेसम्म रेकर्ड भएका छन् । माइतीको माया, बसायो बामरी हरर, गफ लायो सोल्टीले, रातो भाले, जवानीले ढुनुमुनु बनायो लगायतका उनका गीतहरु दर्शक श्रेतामाझ लोकप्रिय बनेका छन् ।

गुल्मी जिल्ला समाज यूकेले यसअघिका वर्षहरुमा पनि वार्षिक कार्यक्रमका लागि नेपालबाट राष्ट्रिय कलाकारहरु बेलायत ल्याउने गरेको थियो । समाजको निमन्त्राणमा अहिलेसम्म पशुपति शर्मा , जमुना सनम, मञ्जु पौडेल, सन्तु थापा, रुपा घर्ती लगायतका गुल्मेली कलाकारहरु बेलायत आएर कार्यक्रमहरु गरिसकेका छन् । राष्ट्रिय स्तरमा समेत चर्चा र लोकप्रियता बटुल्न सफल गुल्मीकै कलाकारहरुलाई प्राथमिकतामा राखेर सम्मान र हौसलाका लागि समाजले बेलायतमा निम्त्याउने गरेको समाजका महासचिव शिव भण्डारीले बताए ।

बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै सबैभन्दा रमाइलोमध्येको एक गुल्मी जिल्ला समाजको वार्षिक समर कार्यक्रम यसपटक पनि विगतकै जस्तै अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुंदैछ । उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुशिला र बैकुण्ठका बाहेक प्रथम नौमति बाजा गुल्मी यूकेको पनि विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रममा स्थानीय कलाकारका विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि पस्किने तयारी छ । त्यस्तै, कार्यक्रम स्थलमा परम्परागत झयाउरे भाकाहरुदेखि गुल्मीमा प्रचलित मौलिक भजनहरुको समेत आकर्षक प्रस्तुति गरिनेछ ।

गत वर्ष झण्डै १५ सय जना सहभागी बनेको कार्यक्रमलाई यस वर्ष अझै बढि व्यवस्थित र मनोरञ्जनात्मक बनाउने तयारी भइरहेको समाजका उपाध्यक्ष एबम कोडिनेटर टोप पल्ली ले बताए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook