Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

काङ्ग्रेसमा देउवाविरुद्ध पौडेल र सिटौलाको मोर्चाबन्दी

काङ्ग्रेसमा देउवाविरुद्ध पौडेल र सिटौलाको मोर्चाबन्दी

काठमाडौं– काङग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले मोर्चाबन्दी गरेका छन् ।

काठमाडौंमा सोमबार नेविसंघको ब्यानरमा भएको कार्यक्रममा नेता पौडेल र सिटौलाले सभापति देउवाले पार्टीमा अधिनायकवाद लाद्न खोजेको भन्दै त्यसको प्रतिकारका लागि मोर्चाबन्दी गर्नुपरेको बताए ।

‘कम्युनिष्टहरुको सरकार बनेपछि मुलुक अधिनायकवादतर्फ गएको भनेर कांग्रेसले भनिरहेका बेला हाम्रो पार्टीमै पनि त्यस्तो खतरा देखिन थाल्यो, त्यसैले अब एकजुट हुनुको विकल्प छैन र काङ्ग्रेसलाई कुनैपनि किसिमको अधिनायकवाद शैह्य हुँदैन’ नेता पौडेलले भने,‘युवा विद्यार्थीहरुलाई अधिनायकवादको म डटेर सामना गर्न आग्रह गर्छु ।’

त्यस्तै अर्का नेता प्रकाशमान सिंहले सभापति देउवाले पार्टीभित्रै कमीकमजोरी भए भनेर नेताहरुले बोल्न खोज्दा समेत प्रतिवन्ध लगाउन खोजिएको भन्दै सभापति देउवाको चर्को अलोचना गरे ।

‘पार्टीमा हामीले कमजोरी भयो भन्न पनि नपाउने ? काङ्ग्रेस आफूलाई लोकतान्त्रिक पार्टी भन्छ, तर, त्यहाँभित्र भएका कमजोरी औंल्याउन पनि दिइँदैन, यो कस्तो लोकतान्त्रिक पद्धति हो’ नेता सिहंको देउवालाई प्रश्न थियो ।

अर्का नेता कृष्णप्रसाद सिटौलाले विगतका कमिकमजोरी सच्याउँदै मिलेर जान आफू तयार रहेको बताए । ‘काङग्रेसामु ठूलठूला चुनौती छन् अब मिल्नुको विकल्प छैन’, सिटौलाले अब आफू पौडेलसँगै मिलेर जान तयार रहेको बताए ।

कार्यक्रममा नेता अर्जुननरसिंह केसीले एकताबद्ध भएर अघि बढेमात्रै काङ्ग्रेसले आफ्नो पहिचान जोगाउन सक्ने बताए ।

नेता गगन थापाले आजको दिन काङ्ग्रेसका लागि ऐतिहासिक भएको भन्दै जिल्ला सभापतिको भेला तथा महासमिति सदस्यको महाधिवेसनसम्म कार्यगत एकता गरेर अघि बढ्ने सहमति भएको बताए ।

झण्डै साढे दुई बर्ष अघि भएको १३ औं महाधिवेसनमा देउवा, पौडेल र सिटौला समूह छुट्टाछुट्टै समुह बनाएर निर्वाचनमा गएका थिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook