Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

काँग्रेसले भन्यो–राज्यआतंक बढ्यो, नरोकिए आन्दोलन गर्ने चेतावनी

काँग्रेसले भन्यो–राज्यआतंक बढ्यो, नरोकिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं– काँग्रेसले फरक विचार राख्नेहरुमाथि राज्यआतंक बढेको आरोप लागएको छ ।

काँग्रेसको आज सकिएको भेलाले यस्तो आतंक नरोकिए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

काँग्रेसले जारी गरेको १९ बुँदे घोषणापत्रको १८औँ नम्वरमा छ -देशभरी सरकारी संरक्षणमा बढ्दै गएको भौतिक आक्रमण, अलग विचार राख्ने नेता तथा कार्यकर्तामाथि सुनियोजित अभियोग लगाउने, गिरफ्तार गर्ने, मुद्दा चलाउनेजस्ता राज्यआतंकको घोर भत्सर्ना गर्दै दूरासयपूर्ण यस्ता गतिविधि तत्काल बन्द नगरिए आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छ ।
विप्लवे नेतृत्वको नेकपाले पनि सरकारमाथि यस्तो आरोप लगाउने गरेको छ ।

भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकालेको छ ।

काँग्रेसको १९ बुँदे घोषणापत्रमा छ-कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निशेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको भन्दै घोषणात्रिमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।

मंगलवारबाट हेटौंडामा शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सकिएको छ । भेलाले १९ बुँदे हेटौंडा–घोषणापत्र जारी गरेको छ ।

कार्यकारी प्रमुखको बहसलाई काँग्रेसले संविधानलाई विफल पार्ने षडयन्त्र भएको बताएको छ ।
हेटौँडा हाज सकिएको काँग्रेस जिल्ला सभापतिहरुको भेलापछि जारी घोषणापत्रमा भनिएको छ-निर्वाचनको बेला स्थिताको नारा दिने तर, शासन प्रणालीलाई नै अस्थिरतातर्फ धकेल्ने गरि राष्ट्रपतिय प्रणालीबारे आएको अभिव्यक्तिलाई यो भेला सहमतिद्धारा निर्मित संविधानलाई विफल पार्ने षड्यन्त्रको रुपमा लिन्छ । बुहमतको आडमा संविधानको मुलभुत संंचनालाई भत्काउने यो डिजाइनले लामो संघर्षबाट प्राप्त उपलव्धिलाई समाप्त पार्न उद्यत्त तत्वहरुलाई सहयोग पुर्याउने खतरातर्फ सचेत थर्न चाहन्छ ।

काँग्रेसको घोषणपत्रमा छ – कम्युनिष्ट सरकार बनेपछि नागरिकले चर्को मूल्यबृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलालो गम्भिरतापूर्वक लिएको छ । मूल्यबृद्धिबारे एकातर्फ प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र मुल्यबृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपुर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रदर्शन भएको छ । यसै क्रममा नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्यलयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटान पुनः दोहोरिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिन्छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook