Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

कम्युनिष्ट सरकार, जनतालाई मूल्यबृद्धिको उपहार: नेपाली काँग्रेस

कम्युनिष्ट सरकार, जनतालाई मूल्यबृद्धिको उपहार: नेपाली काँग्रेस

काठमाडौं– काङग्रेसको विधान सम्शोधन तथा परिमार्जन गर्न माग गर्दै काङग्रेस सभापतहिरुको चौथो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेलाले मुलुकका तमाम चुनौतीको सामना गर्न पार्टी नेतृत्वलाई एकताबद्ध भएर अघि बढ्न सुझाव समेत दिएको छ । भेलापछि जारी १९ बुँदे घोषणापत्रमा राष्ट्रिय जागरण अभियान सूरु गर्न तथा भातृ संस्थाहरुलाई तत्काल विधानअनुसार अधिबेशनमार्फत नयाँ नेतृत्व चयन गर्नतर्फ लाग्न पार्टी नेतृत्वलाई आग्रह गरेको छ ।

सरकारमाथि काङ्ग्रेसका यस्ता छन् हमला
काङग्रेस भेलाले वर्तमान सरकारका काम कारवाहीप्रति कडा टिप्पणी गदै सरकारको सञ्चार जगतमा लिएको हस्तक्षेपकारी नीति विरुद्ध शसक्त उभिन पार्टी नेतृत्वसमक्ष आग्रह गरेको छ । उसले घोषणापत्रको नौ देखि १४ नम्बर बुँदासम्म बर्तमान सरकारका कामकारवाहीलाई लिएर चर्को हमला गरेको छ । काङग्रेसले भनेको छ ,

– कम्युनिष्ट सरकारबाट सञ्चार जगतमा थालिएको निषेध र नियनत्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न राष्ट्रसेवक कर्मचारी, र शैक्षिक क्षेत्रमाथिको अन्नयायपूर्ण आतंक, ट्रेड युनियन अधिकार खोस्ने प्रयत्न, पेशागत सामाजिक संस्थामाथिको नियन्त्रणकारी रवैया, मौलाउदै गएको दण्डहिनता, आाददिबाट सरकार सर्वसात्तावाद उन्मुख रहेको प्रश्ट छ ।

– कम्युनिष्ट सरकार बनेपछि नागरिकले चर्को मूल्यबृद्धिको उपहार प्राप्त गरेको वर्तमान अवस्थालाई यो भेलालो गम्भिरतापूर्वक लिएको छ । मूल्यबृद्धिबारे एकातर्फ प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र मुल्यबृद्धिको विरोधमा आम विद्यार्थीहरुको शान्तिपुर्ण प्रदर्शनमाथि दमन गर्ने कार्यले सरकारको जनविरोधी चरित्र प्रदर्शन भएको छ । यसै क्रममा नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्यलयमा भएको प्रहरी हस्तक्षेपको घोर निन्दा गर्दै यस्ता घटान पुनः दोहोरिए सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिन्छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook