Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

ओलीमाथि कांग्रेसको गम्भीर आशंका : दुई तिहाइ बढीको सरकार किन ?

ओलीमाथि कांग्रेसको गम्भीर आशंका : दुई तिहाइ बढीको सरकार किन ?

काठमाडौं– सरकार सञ्चालनका लागि स्पष्ट बहुमत भएको अवस्थामा वामगठबन्धनले दुई तिहाइ संख्या वढी पुर्याउनुमा गलत मनशाय हुन सक्ने आंशका काँग्रेसले गरेको छ ।

एमाले र माओवादी केन्द्रबाट वर्तमान सरकारलाई सुविधाजनक वहुमत पुगेको थियो । पछिल्लो समय संघीय समाजवादी फोरम र राजपाको समर्थनले प्रधानमन्त्री ओलीको पक्षमा दुई सय आठ सदस्यले समर्थन गरेका थिए ।

संविधान संशोधनको मागलाई ‘राष्ट्रघाती माग’ भन्दै आएका ओलीले मधेसी दलको पनि समर्थन लिनुलाई काँग्रेसले आंशकाको रुपमा लिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई कतिले समर्थन गरे भन्दा पनि समर्थनलाई कुन रुपमा अगाडि बढाउनुहुन्छ भन्ने मुख्य प्रश्न भएको वताए । ‘प्रधानमन्त्रीले दुई तिहाईको दम्भमा गलत अभ्यास गर्नुभयो भने स्वभाविक रुपमा प्रश्न उठ्छ । केन्द्रिय सत्ता सञ्चालनका लागि जनमत प्राप्त भएको एमाले र माओवादीलाई हो,’ उनले भने ‘मधेसको मुद्धा सम्वोधन गर्नका लागि मधेसी दललाई सत्तामा ल्याउनु पर्ने नै होइन । ’

‘नेपाली काँग्रेस सरकारमा भएको समयमा संविधान संसोधनको प्रस्ताव ल्याउँदा राष्ट्रघाती प्रस्ताव भन्ने त केपी ओली नै हुन नि’ उनले भने ‘संसोधन प्रस्ताव गलत थिएन, ओलीको भनाइ गलत भएको पुष्टि अहिले भएको छ । एमालले मधेसी दलको राष्ट्रियता प्रति शंका गरेको थियो ।’

प्रधानमन्त्री मातहतमा विभिन्न विभागहरु ल्याउनु उचित नहुने उनले बताए । शक्तिको अति केन्द्रिकरणले भ्रष्टिकरण निम्त्याउने शर्माले आंशका गरे ।

काँग्रेस निकट पुर्ननिर्माण प्राधिकरणका पुर्व कार्यकारी प्रमुख गोविन्द पोखरेलले कम्युनिष्टहरुको मार्गदर्शन सिद्धान्तका गलत प्रयोग हुनसक्ने डर पलाएको वताए । नीजि क्षेत्रलाई विश्वासमा लिन नसक्नु वाम दलको कमजोरी रहेको उनले वताए । ‘विकास निर्माण ,सुशासनका लागि किन दुई तिहाइ चाहियो? उनले प्रश्न गरे । कम्युनिष्ट सरकारलाई वजारले विश्वास नगरेका कारण नै शेयर वजार खस्केको विश्लेषण हुँदै आएको उनले बताए ।

यसैबीच राजनीतिक विश्लेषक पुरुषोतम् दाहालले प्रधानमन्त्री ओलीले मधेसी दलहरुको साथ लिएर सत्ता सञ्चालन गर्नु गम्भिर विषय भएको वताए ।

करिव दुई तिहाइ पुगेको सरकारले मधेसी दलहरुलाई किन थप्नु परेको भन्दै दाहालले ओली सरकारप्रति आंशका व्यक्त गरे ।

‘हामी संघियतामा गएका छौं तर शक्ति व्यक्तिमा पनि केन्द्रित गर्दैछौं । वामगठवन्धन जति नै शक्तिशाली भएपनि उभिएको धरालत त लोकतान्त्रीक गणतन्त्र हो ।’ चुनावका समय मधेसी दललाई काँग्रेसले काखी चेप्यो भन्दै आरोप लगाएर एमालेले सिट वढेको उनले वताए ।

नाकावन्दीको समय एक्लाएको शक्तिलाई वामगठवन्धनले किन वोक्नु परेको? नेपाली जनताले प्रश्न गर्ने वताए । मधेसी दलका केहि मत सरकारमा नथपिएर सरकारलाई कुनै नोक्सान नपर्ने दाहालले दावी गरे ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook