Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
प्रमुख समाचार

एनआरएन यूके उत्रियो मन्त्री लालबाबु पण्डित विरुद्ध-यस्तो छ ‘लाइभ’ [भिडियो]

एनआरएन यूके उत्रियो मन्त्री लालबाबु पण्डित विरुद्ध-यस्तो छ ‘लाइभ’ [भिडियो]
लण्डन । नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले एनआरएनविरुद्ध अभिव्यक्ति दिएकोमा एनआरएन यूकेले विरोध गरेको छ । मन्त्री पण्डितको अभिव्यक्तिलाई विदेशमा बस्ने लाखौं नेपालीहरुविरुद्ध रहेको ठहर गर्दै एनआरएन यूकेले संस्थागत रुपमा विरोध र बहिस्कार सम्म गर्ने चेतावनी पनि दिएको छ ।
बुधबार लण्डनमा एक पत्रकार सम्मेलन आयोजना गरेरएनआरएन यूकेले मन्त्री पण्डितलाई आफ्नो अभिव्यक्ति सच्चाउन माग गरेको छ । अन्यथा विरोधलाई शसक्त बनाउने चेतावनी समेत दिइएको छ । पत्रकार सम्मेलनमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले एनआरएनहरुविरुद्ध मन्त्री पण्डितले दिएको अभिव्यक्तिका सम्बन्धमा धेरै सोंचविचार र छलफल गरिसकेपछि विरोधको यो चरणसम्म आइपुगेको बताए । हामीले त यसबारे बुझिरहेका थियौं, आन्तरिक छलफल पनि हुंदै थियो । एनआरएनको केन्द्रले पनि त यस विषयमा पक्कै केहि गर्दै होला भनेर पर्खिरहेका थियौं, अध्यक्ष फगामीले भने , गैरआवासीय नेपालीहरुको प्रतिनिधी संस्थाका रुपमा हामीले पनि यस विषयमा आवाज उठाउनुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं । गैरआवासीय नेपालीहरुका विरुद्धमा आज एकजना मन्त्री देखिनुभएको छ, हामीहरु चुप लाग्यौं भने भोली हामीविरुद्ध लाग्नेहरु थपिदै जानेछन् । त्यसैले यस विषयमा समयमै आवाज उठाउन सकेनौं भने पछि अवस्था झन् बिग्रिदै जानेछ, फगामीले भने ।
एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले सविंधानले नै स्पष्ट व्यवस्था गरिसकेको एनआरएनहरुको हकअधिकारको विरुद्ध नेपाल सरकारका मन्त्रीले नै अभिव्यक्ति दिंदा चुप लागेर बस्न नमिलेको बताए । हामी आग्रह गर्छौं संिवधानको भावना समेत ख्याल नगरेर मन्त्री पण्डितले दिनुभएको अभिव्यक्ति फिर्ता लिनुहोस्, हामीहरु जुन देशमा रहेपनि नेपाली नै हौं भन्न वास्तविकता स्वीकार गर्नुहोस्, महासचिव त्रिपाठीले चेतावनी दिए, हैन भने हामी अब संस्थागत रुपमै विरोधमा उत्रिएका छौं । दूतावासमा ज्ञापनपत्र बुझाउने, डेलिगेसन नै बनेर नेपाल जाने मात्र होइन अवस्था बिग्रिदै जांदा एनआरएन विरोधीहरुलाई बहिस्कार गर्नसम्म हामी पछि पर्नेछैनौं ।
एनआरएनका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले सम्पुर्ण गैरआवासीय नेपालीहरुविरुद्ध नेपाल सरकारकै जिम्मेवार मन्त्रीबाट लगातार अभिव्यक्तिहरु आउनु दुखद रहेको बताए । यस विषयको विरोधमा एनआरएन यूकेले चालेको कदमको प्रशंसा गर्दै उनले एनआरएन आइसिसीले पनि आफ्ना पहलहरु जारी राखेको जनाए । हामीहरुले मन्त्री पण्डितसंग प्रत्यक्ष भेटेरै समेत कुरा गरेका छौं, उहांलाई सम्झाउने, बुझाउनेसम्मको कोशिस गरेका छौं, उपाध्यक्ष आचार्यले भने, हामीहरुसंग उहांले आफुले संिवधानको पूरै समर्थन गर्ने बताउनुहुन्छ, तर फेरि त्यहि संिवधानले व्यवस्था गरेको गैरआवासीय नेपालीहरुको अधिकारको भने विरुद्धमा बोल्नुहुन्छ ।
एनआरएन यूकेका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष मेजर रिटायर्ड डमर घलेले मन्त्री पण्डितका अभिव्यक्तिहरुबाट सम्पुर्ण गैरआवासीय नेपालीहरुको भावनामा चोट परेको बताए । नेपाल सरकारका जिम्मेवार मन्त्रीले एनआरएनहरुविरुद्ध पटकपटक बोल्दा समेत एनआरएनको सर्वोच्च समिति आइसिसीले के गरिरहेको छ भन्ने प्रश्न उठेको भन्दै घलेले यसतर्फ ध्यान दिन आइसिसीलाई सुझाव दिए ।
एनआरएन यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले संिवधानले व्यवस्था गरेको गैरआवासीय नेपालीहरुको अधिकार खोसिने खतरा बढेकोतर्फ सजग हुन आवश्यक रहेको बताए । एनआरएनको केन्द्रीय नेतृत्वबाट यसबारेमा हुनुपर्ने जति पहल नभएको भन्दै क्षेत्रीले भने, जिम्मेवारीमा बसेपछि पूरा गर्ने कोशिस गर्नुस्, हैन सक्नुहुन्न भने किन जिम्मेवारीमा बसिरहनुहुन्छ, गर्न सक्ने अरुलाई छोडद्निुस ।
लन्डन नेपाल न्युज डटकमका लागि शिब भण्डारीले तयार पारेको स्थलगत प्रतक्ष्य प्रसारणको [पूर्णपाठसहित] हेर्न यो लिंकमा किल्क गर्नु होला #~

Live :London — बिदेश बस्ने नेपालीलाई भूपु नेपाली भन्ने मन्त्री लालबाबु पन्डित बिरुद्ध उत्रियो एनआरएन युकेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा रहेका नेपालीविरुद्ध दिएको अभिव्यक्ति र प्रवासमा रहेका नेपालीहरुको नागरिकताको निरन्तरताको मागसहित आवाज बुलन्द गर्न-एनआरएन यूकेले पत्रकार सम्मेलन आयोजना गर्दैछ, प्रत्यक्ष प्रशारण हेर्न नभुल्नुहोला मात्र लन्डन नेपाल न्यूज

Posted by London Nepal News on Wednesday, 13 June 2018

पत्रकार सम्मेलनमा एनआरएन आइसिसी सदस्यहरु शान्ति थापा कुंवर र कुमारी गुरुङ, एनआरएन यूकेका उपाध्यक्षत्रय प्रेम गाहा मगर, ललित न्यौपाने र शेर सुनार, सचिव नारायण गाउंले, सदस्य होमनाथ पौडेल, सल्लाहकारहरु डेभिड गुरुङ, बाचस्पति रेग्मी, भुपेन्द्र गुरुङ, सुर्य नेम्वाङ, दधि आचार्य लगायतले पनि आ आफ्ना धारण राख्दै एनआरएनविरोधी मन्त्री पण्डितको अभिव्यक्तिको एनआरएनले संस्थागत रुपमै विरोध गर्नुपर्ने धारणा राखेका थिए ।
यसै बीच कार्यक्रमको दोश्रो चरणमा एनआरएनए यूके उपाध्यक्ष एवं राज्य समन्वय विभाग संयोजक ललित कुमार न्यौपानले  आगामी आइतबार वेल्समा गैर आवासीय नेपाली संघ बेलायतको वेल्स राज्य समन्वय परिषद गठन गर्न लागिएको जनाउंदै उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook