Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

एनआरएनए यूके र सहाराबीच यस्तो छ’ भिडन्तको तयारी (भिडियो सहित)

एनआरएनए यूके र सहाराबीच यस्तो छ’ भिडन्तको तयारी (भिडियो सहित)

शिव भण्डारी

लन्डन । सहारा युके र गैरआवासीय नेपाली संघ युके बीच फुटबल खेल हुने भएको छ । सहारा युकेले हयारोस्थित गोल्डेन सीप रेष्टुरेन्टमा शनिवारआयोजित पत्रकार सम्मेलनमा सो खेलको आयोजना गर्न लागिएको जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सहारा यूकेका अध्यक्ष मीन गुरुङले एनआरएनए यूके र सहारा यूकेले १३ मे आइतबार अल्डरसटमा हुने मैत्रीपूर्ण फुटबल खेलबारे जानकारी दिए । स्वाथ्यका लागि खेलकुद भन्ने नारा सहित सम्पन्न हुने सो खेलबाट संकलित रकम सहारा एकेडेमीमा खर्चिने गुरुङले वताए ।

सो खेलका विजेता तथा उपविजेतालाई मेडल समेत प्रदान गरिने छ । वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर क्षेत्रीको प्रमुखआतिथ्यमा आयोजना हुने सो खेलमा नेपाली दूतावासको समेत सहभागीता रहने अपेक्षा आयोजकको छ । पत्रकार सम्मेलनमा एनआरएन युकेकी उपाध्यक्ष एबं कार्यक्रमको अध्यक्षता समेत  गरेकी पुनम गुरुङले सहारा युकेद्धारा आयोजना हुने खेलमा एनआरएन युके सहभागी भएर सहकार्य गर्न इच्छुक रहेको वताइन् ।

पत्रकार सम्मेलनमा एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्य, सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ साईंला, एनआरएनए यूके महासचिव आर के त्रिपाठी, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा कुंवर, एनआरएनए यूके उपाध्यक्षद्वय प्रेम गाहामगर र पुनम गुरुङ, सहारा यूके महासचिव कृष्ण गुरुङ, एनबीसी यूके अध्यक्ष मिलन घिमिरे, गोल्डेन सीप रेष्टुरेन्टका 
प्रोपाइटर देव गुरुङ, तमुधिं लन्डन इकाइका पूर्व अध्यक्ष डेभिड गुरुङ, पत्रकार चिरन शर्मा, डा मिन रानाभाट, मिसेस नेपाल यूके टिम गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, एनआरएनए यूके धर्म विभागका होमनाथ पौडेल आदिले शुभकामना दिए ।

कलाकार सम्मानित

नेपाली नयां वर्ष २०७५ को अवसरमा बेलायतमा हुन गइरहेका विभिन्न सांस्कृतिक कार्यक्रममा आफ्नो कला प्रस्तुत गर्न तीन राष्ट्रिय कलाकार बिहीबार लन्डन उत्रिएका छन् ।

चर्चित गायिका तथा बेली डान्सर प्रिती आले, नायिका तथा मोडल छुल्ठिम डोल्मा गुरुङ र डान्सर रश्मी तामाङ कार्यक्रमका लागि बेलायत आएका हुन् ।
कलाकारद्वयले आज शुक्रबार १३ अप्रिल सांझ अल्डरसटस्थित प्यालेसमा हुने नेप्लिज न्यू इयर नाइट २०७५ कार्यक्रममा सहभागिताका लागि समस्त नेपाली समुदायलाई आग्रह गरे ।
‘तपाईंहरुलाई भेट्न हामी एकदम उत्साहित छौं’( रिलिजको तयारीमा रहेको ‘नेप्टे’ फिल्मकी नायिका छुल्ठिमले पत्रकारहरुमाझ भनिन्, ‘दर्शकहरुको साथ नै हाम्रो अपेक्षा हो । आउनुस् नयां वर्ष शुभकामना आदानप्रदान र मनोरन्जन एकसाथ गरौंला ।’

पछिल्लो समय दोहोरी ब्याटलका कारण युवामाझ झन् लोकप्रिय बनेकी गायिका प्रिती आलेले कार्यक्रममा बेली डान्स, दोहोरी ब्याटल र अरु सरप्राइज प्याकेज समेत लिएर आएको जनाइन् । फरक शैलीको दोहोरी ब्याटलले चर्चासंगै आलोचना सामना गरिरहंदा प्रितीले युवा पुस्तालाई दोहोरीसंग जोड्न नयां ‘कन्सेप्ट’ ल्याइएको प्रष्टयाइन् ।

एनआरएनए यूके युवा संयोजक एलबीजेड (लालबहादुर) गुरुङ, एनआरएनए यूके सल्लाहकार हेम गुरुङ, समाजसेवी युवा ज्ञान गुरुङ लगायतको समूहले कलाकारत्रय झिकाएर बेलायतका विभिन्न शहरमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रमलाई एनआरएनए यूके युवा विभागले पनि सहयोग गरेको छ । ‘वुमेन्स पावर’ नाममा द प्यालेसमा हुन लागेको कार्यक्रममा स्थानीय डान्सरहरु स्नेहा गुरुङ र प्रतिष्ठा त्रिपाठी एवं गायिका नितिका मगरले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

Press  conference Live — नेपाली नयां वर्षको अवसर गायिका तथा बेली डान्सर प्रिति आले, मोडल रश्मी तामांग, नायिका छुल्ठिम गुरुंग लगायतको प्रस्तुति आगामी १३ अप्रिलमा साँझ अल्डरसटस्थित प्यालेसमा कार्यक्रमको प्रत्यक्ष प्रशारण लन्डन नेपाल न्यूज डट कममा

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook