Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

एआईजी बढुवाको सिफारिसमा परेनन् नवराज सिलवाल

एआईजी बढुवाको सिफारिसमा परेनन् नवराज सिलवाल

काठमाडौँ- गृहमन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले डिआईजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ ।

यो बढुवा सिफारिसमा वरियताको पहिलो नम्बरमा रहेका डीआईजी नवराज सिलवाल भने परेका छैनन् । आईजीपीमा बढुवाका लागि भएको सिफारिसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उनको बढुवा सिफारिस नगरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि वरियताक्रमको चौथो नम्बरमा रहेका डिआईजी जयबहादुर चन्दलाई तत्कालीन सरकारले आईजीपी बढुवको सिफारिस गरेपछि सिलवाल सर्वोच्च जानु भएको थियो । चन्दलाई आईजीपी बनाउने सरकारी निर्णय सर्वोच्चले खारेज गरिदिएिपछि वरियताको दोस्रो क्रममा प्रकाश अर्याल आईजीपी भइसक्नु भएको छ ।

वरिष्ठताका आधारमा आईजीपी बनाउनु भन्ने सर्वोच्चको आदेशको पालना नगरेको भन्दै डिआईजी सिलवाल पुनः सर्वोच्च जानुभएको थियो । अर्याललाई आईजीपी बनाउने सरकारी निर्णयविरुद्धको रीटको सर्वोच्चले अझै टुंगो गरिसकेको छैन ।

aig nepal

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook