Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

उत्तर कोरियाले दक्षिण कोरियासँगको कुराकानी रद्द गर्यो, अमेरिकालाई दियो चेतावनी

उत्तर कोरियाले दक्षिण कोरियासँगको कुराकानी रद्द गर्यो, अमेरिकालाई दियो चेतावनी

उत्तर कोरियाले एकपटक पुनः अचम्मित पार्दै दक्षिण कोरियासँगको उच्च स्तरीय वार्ता रद्द गरेको छ । सरकारी मिडियाका अनुसार उत्तर कोरियाले आफ्नो छिमेकी देश र अमेरिकाको तर्फबाट जारी संयुक्त सैन्य अभ्यासका कारण रुष्ट भएर उक्त निर्णय लिएको बताएको छ ।

उत्तर कोरियाको समाचार एजेन्सी केसिएनएले अमेरिका र दक्षिण कोरियाको साझा अभ्यास ‘उत्तेजक’ भएको बताएको छ ।

एजेन्सीले अमेरिकालाई पनि उत्तर कोरियाली नेता किम जोंग उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीचको जून १२ मा हुने भनिएको बहुप्रतिक्षित भेटवार्ताको भविष्यबारे चेतावनी दिएको छ ।

रद्द गरिएको भेटघाट पनमुनजोममा बुधबार हुने भनिएको थियो जसबारे यसै हप्ता सहमती भएको थियो । उक्त भेटघाटमा अप्रिल २७ मा दुबै देशका प्रमुखबीच भएको कुराकानीमा बनेको सहमतीलाई कसरी अगाडि बढाउने भन्नेबारे कुराकानी हुने बताइएको थियो ।

पनमुनजोम कोरियाली प्रायद्वीपको एउटा मात्र यस्तो स्थान हो जहाँ उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिकी सैनिक एक अर्कासँग हर दिन हर रात भेटिन्छन् । सन् १९५३ पछि यहाँ युद्धविराम लागू छ ।

उत्तर कोरियाली नेता किम जोंग–उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले द्वीपक्षीय भेटघाटपछि कोरियाली प्रायद्वीपलाई परमाणु हतियार मुक्त क्षेत्र बनाउनेबारे सहमती गरेका थिए ।

दुबैले सन् १९५३ को युद्धविरामलाई औपचारिक रुपमा यस वर्ष शान्ती सन्धीमा परिवर्तन गर्ने इच्छा व्यक्त गरेका थिए ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook