Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement
Top Advertisement

आज ओली–प्रचण्ड ‘वान टू वान’ संवाद

आज ओली–प्रचण्ड ‘वान टू वान’ संवाद

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज ‘वान टू वान’ वार्ता हुने भएको छ ।

एमाले नेता सुवास नेम्वाङका अनुसार आइतबार पहिला दुई अध्यक्षबीच ‘वान टूवान’ वार्ताभएपछि पार्टी एकता संयोजन समितिको बैठक बोलाएर सहमति जुटाउने तयारी भएको छ ।

नेम्वाङका अनुसार ओली र प्रचण्डको ‘वान टू वान’ पछि आज वा भोलि सम्ममा एकता संयोजन समितिको बैठक बोलाइने छ ।

दुई नेताबीच हुने ‘वान टू वान’ वार्ताको स्थान र समय भने खुलाइएको छैन् ।

प्रधानमन्त्री ओली गत चैत ३० गते रारातर्फ गएका थिए ।

उनी आइतबार काठमाडांै आइसकेका छन् ।

त्यस्तै माओवादी अध्यक्ष प्रचण्ड पनि विगत केही दिनयता उपत्यका बाहिरका जिल्लाका कार्यक्रममा बढि व्यस्त बनेका छन् ।

नेताहरु बाहिरी कार्यक्रममा बढि व्यस्त हुनु परेकाले एकताबारे छलफल हुन नसकेपनि अब ठोस परिणाम आउने गरी छलफल हुने एमाले नेता नेम्वाङले दावी गरे ।

‘एकताबारे पछिल्लो समय जे जति समचार आएका छन् तिनमा कुनै सत्यता छैन । दुई नेताहरुबीच नमिलेका विषयमा सौहाद्रपुर्ण छलफल हुन्छ र नौ गते नै पार्टी एकता घोषणा हुन्छ ।’ उनले भने ।
माओवादीले सम्मानजन एकताको विषय अगाडि सारेपछि दुई पार्टीवीचको एकतामा ढिलाई हुने भएको छ । यसअघि उनीहरुले बैशाख ९ मा पार्टी एकता गर्ने बताएका थिए ।

पछिल्लो समय प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी नेताहरुको असन्तुष्टि पनि देखिएको छ । त्यसैले ओली र प्रचण्डवीच आज हुने ‘वान टू वान’ वार्ता अर्थपूर्ण हुन सक्छ ।

अन्य समाचारहरू

Pin It on Pinterest

Like us on Facebook